ताजा अपडेट »

ग्लोबलकर्मी विश्वकर्मा सम्मानित

शुक्रबार, २१ फागुन २०७७, १७ : १९
4 Shares

बुटवल । सिद्धार्थ उद्योग बाणिज्य संघ भैरहवाको ६२ औं साधारण सभा तथा अधिवेशनले संघले स्थापना गरेको औद्योगिक पत्रकारिता पुरस्कारबाट ग्लोबल आवाज डटकमका सम्वाददाता राधेश्याम विश्वकर्मा सम्मानीत भएका छन् ।

पत्रकारिकताका माध्यमबाट भैरहवा क्षेत्रको औद्योगिक तथा व्यवसायिक क्षेत्रको बिकास गरेको भन्दै संघले सम्मानीत गरेको हो । रुपन्देहीको औद्योगिक तथा व्यवसायिक क्षेत्रमा देखिएका समस्या तथा उद्यागी एवम् व्यवसायिले भोगेका पिडालाई निरन्तर रुपमा सञ्चार माध्ययमबाट उठाउदै आएका छन् । बिगत १ दशक अघि रुपन्देहीलाई पत्रकारिताको कार्यथलो बनाएका विश्वकर्मा ग्लोबल आवाज सहित एपीवान टेलिभिजनका लुम्बिनी प्रदेश प्रमुख र राज्य टेलिभिजनका भैरहवा प्रतिनिधि हुन् ।

त्यस्तै खबरपात्रोका सम्पादक दिपक घिमिरेलाई पनि औद्योगिक पत्रकारिताबाट सम्मानीत गरिएको छ । घिमिरेलाई पनि अर्थ मन्त्री पौडेलले नगद, दोसल्ला र सम्मान पत्रले सम्मान गरेका हुन् । यस्तै यस बर्षको स्व। रुद्रबिलास तुलाचन पुरस्कार गजलकार बुँदरानालाई प्रदान गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।