Jul 7, 2022
भैरहवा । अर्थमन्त्री बिष्णु पौडेलले निजि क्षेत्रका समस्या सुन्न र समाधान गर्न सरकार ईच्छुक र आतुर रहेको बताएका छन् । उनले उद्योगीहरुका समस्याहरुलाई रचनात्मक सुझाव दिन पनि आग्रह गरेका छन् ।
सिद्धार्थ उद्योग बाणिज्य संघ भैरहवाको ६२ औं साधारण सभा तथा अधिवेशनमा प्रमुख अतिथिको रुपमा आएका मन्त्री पौडेलले निजि क्षेत्रको मनोबल उठाउनको लागी सरकार सबै प्रकारको सहयोग गर्न तत्पर रहेको प्रतिवद्धता जनाए । उनले अब जेठ १५ गते आउने बजेटमा निजि क्षेत्रलाई सम्बोधन गर्ने बिषय के हुन सक्छ त्यो बिषयमा सुझाव दिन आग्रह गरेका छन् । देशभरि उद्योगिका समस्या संगठनहरुले संकलन गरि ल्याउन ब्यावसायीहरुलाई आग्रह गर्दै मन्त्री पौडेलले समाधान गर्ने बताएका हुन ।
अर्थमन्त्री पौडेलले लगानी नभित्र्याएसम्म देशको विकास नहुने बताए । उत्पादन क्षेत्रमा लगानी नगरेसम्म चाहे अनुसार विकास नहुने बताउँदै देश निजी क्षेत्रलाई प्रोत्साहन गर्ने निजी क्षेत्रको समस्या समाधान गर्न तयार भएको उनले दावी गरे । रुपन्देहीको विकास सन्दर्भमा आफु सधै चनाखो रहेको मन्त्री पौडेलले बताएका छन् । यस्तै सोही कार्यक्रममा बोल्दै उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निर्माणाधिन अन्र्तराष्ट्रिय बिमानस्थलले यस क्षेत्रको आर्थिक क्षेत्रमा कायापलट गर्ने बताए ।
यस क्षेत्रमा देखिएका निजि क्षेत्रका समस्याहरुको समाधान बारे महासंघले चाडै भन्दा चाडै पहल गर्ने उनले आश्वासन दिए । उनले भैरहवा नाका सबै भन्दा ब्यस्त नाका भए पनि एकिकृत जाँच चौकी नभएकोमा दुख ब्यक्त गरे । राजनैतिक स्वार्थका कारण भिडभाड नै नहुने र कारोबार नै नहुने क्षेत्रमा स्थापना गर्ने र भैरहवामा स्थापना नहुनु दुखद भएको उनले बताए । यस क्षेत्रकै अग्रणी संस्था मानिएको सिद्धार्थ उद्योग बाणिज्य संघले आगामी कार्यकालको लागी भोली अधिवेशन समेत गर्दैछ ।
संघमा आगामी कार्यकलाको लागी अध्यक्षमा भीष्म प्रसाद न्यौपाने “सर्वज्ञ” निर्विरोध निर्वाचित भएको छन । उम्मेदवारी दर्तामा अन्य कसैले पनि उम्मेदवारी नदिए पछि सर्वज्ञ अध्यक्ष हुने पक्का भएको हो । उनि संगै संघको सम्पूर्ण पदाधिकारी पदहरु सर्वसम्मतमै निर्वाचित भएको छ । यद्दपी यस बारे निर्वाचन समितिले अहिले नै औपचरिकता प्रदान गरि सकेको छैन । पदाधिकारी पद निर्विरोध भए पनि सदस्य पदको लागी धेरै आकांक्षी भएको हुदा यसको टुंगोको लागी भोली संघको निर्वाचन हुने भएको छ ।
प्रतिकृया दिनुहोस्