२० मंसिर २०७९, मंगलवार

Dec 6, 2022

रसुवा । ग्रामीण बालबालिकालाई खोप लगाउन सहज पार्ने उद्देश्यले ठूलोगाउँमा खोपकेन्द्र भवन निर्माण गरिएको छ । स्वास्थ्य संस्था जान आधा घण्टाभन्दा बढी दूरी भएको ग्रामीण बस्तीलाई खोपलगायतका सेवा घर नजिकबाटै सहज पार्ने सरकारको नीतिअनुरूप खोपकेन्द्र निर्माण गरिएको हो ।

उत्तरगया गाउँपालिका–३ ठूलोआँगन आसपास निर्माण गरिएको खोपकेन्द्रले मासिक ३० बालबालिकालाई खोप लगाउन सहज भएको ठूलोगाउँ स्वास्थ्य केन्द्रले जनाएको छ । भवन निर्माणको कूल लागत रु आठ लाख ३५ हजार रहेको र सोमध्ये गाउँपालिबाट रु तीन लाख एवं स्थानीय विकास पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सांसद मोहन आर्चायले रु पाँच लाख ३५ हजार प्रदान गरेको वडा नं ३ को कार्यालयले जनाएको छ ।

भवन निर्माणका लागि आवश्यक जग्गा स्थानीय सुनिता गुरुङले नि:शुल्क प्रदान गरेको स्वास्थ्य केन्द्रले जनाएको छ । खोपकेन्द्र भवनको गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालले एक विशेष कार्यक्रमअन्तर्गत उद्घाटन गर्नु भएपश्चात् नवनिर्मित भवनबाट सेवा सञ्चालन भइसकेको स्वास्थ्य केन्द्र प्रमुख कृष्ण भण्डारीले जानकारी दिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

दिक्क मानेर कार्यालयमा बस्ने भन्दै मालिकले निकालिदिए, अदालतले पुनर्वहाली गरिदियो लागुऔषधसहित ५ जना पक्राउ मेलम्ची खानेपानी आयोजनालाई लिएर प्रकाशमानले प्रधानमन्त्री देउवालाई बुझाए ध्यानाकर्षण पत्र जनप्रतिनिधि आएको आठ महिनासम्म लालपुर्जा वितरण नभएपछि बर्दिवासवासी चिन्तित मोटरसाइकलको ठक्करबाट ८ वर्षीय बालिका घाइते प्रि-ओपन सेसनमा नेप्से सूचक २.३१ अंकले वृद्धि भाइलाई पत्नी जुटाउन यी दिदीले १२ वर्षदेखि गर्दैछिन् पैसाको जोहो अनुमतिविनाका अस्पताल छ्यापछ्याप्ती, नियमक निकाय मूकदर्शक सुपरमादीको आईपीओ खुल्यो, पुस ५ सम्म भर्न पाइने रोनाल्डो किन्‍न साउदी क्लब तयार सिम्रिकसँग हेलिकोप्टर किनेको हेली एभरेष्टले माग्यो ६ जना पाइलट अर्घाखाँचीको एउटै गाउँमा फल्यो पाँच करोडको सुन्तला पहिरोले बस पुर्दा कम्तीमा ३३ जनाको मृत्यु नेपाली अर्थतन्त्रको उल्टो यात्रा गृहमन्त्रीको चेतावनीलाई टेरेनन् मुख्यमन्त्रीले, बुटवलबाट रातारात मन्त्रालय दाङ देशभर चिसो बढ्यो, तराईमा साझ विहान हुस्सु वायु प्रदूषणः चीनमा हरेक वर्ष ६४ हजार शिशुको गर्भमै मृत्यु महाकालीको समस्या समाधानका लागि नेपालले आज कूटनीतिक नोट पठाउँदै नयाँ सांसद पनि भाडाकै भवनमा किन पार्टी फेरिरहन्छन् दीपक मनाङे ?