ताजा अपडेट »

प्रचण्ड-नेपाल पक्षको संसदीय दलको नेताम प्रचण्ड चयन

शुक्रबार, २१ फागुन २०७७, १६ : ५३
6 Shares

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहको संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । शुक्रबार पार्टीका नेता झलनाथ खनालको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले दाहाललाई संसदीय दलको नेता चयन गरेको हो ।

प्रतिनिधि सभाको आइतबार बस्ने बैठकमा दाहाल संसदीय दलको नेताको हैसियतमा बैठकमा सहभागी हुने भएका छन् । संसदीय दलको बैठकमा ११४ जना सांसदले हस्ताक्षर गरेको एक नेताले जानकारी दिए । नेकपाको प्रतिनिधिसभामा १७२ र राष्ट्रियसभामा ४९ जना सांसद छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।