ताजा अपडेट »

जनतालाई एक पटक नयाँ फैसला गर्ने वातावरण बनाऔं : विप्लव

शुक्रबार, २१ फागुन २०७७, १५ : ३८
6 Shares

बुटवल । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनतालाई एक पटक नयाँ फैसला गर्ने वातावरण बनाउन जरुरी रहेको बताए छन् । अहिले जनताले सोच्न र आत्मनिर्णय गर्ने अधिकार पाउने वातावरण नभएको बताउँदै उनले त्यसका लागि वातावरण बनाउन जोड दिए ।

नेपाल सरकार र विप्लव नेतृत्वको ३ बुँदे सहमतीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै उनले विदेशी शक्तिहरुका बीच आफू नझुक्ने बताए । नेपालीले जनताले आफैलाई सुरक्षित ठानेर निर्णय गर्ने अवस्था सिर्जना गर्नु पर्नेमा जोड दिँदै उनले सो कुरा बताएका हुन् । नेपाली आन्दोलन र नेतृत्व घुम्दै फिर्दै जुम्जाटार भनेजस्तै फेरी पनि पुरानै स्थितीमा पुग्ने प्रचलन रहेको बताउँदै उनले परिवर्तको आवश्यकता औल्याएका हुन् ।

नेपालको संविधान निर्माण प्रक्रिया, निर्वाचन लगायतका विषयमा आफूहरुले फरक मत राखेर विद्रो गरेको कुरा बताउँदै उनले कम्युनिष्ट आन्दोलनलाई सफलतातर्फ लैजान जोड दिए । विश्वमा कम्युनिष्टहरुले सफलता प्राप्तगरेपछि मात्रै समृद्धि र शान्ति कायम हुने उनले बताए ।

https://www.globalaawaj.com/archives/87829
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।