२१ असार २०७९, मंगलवार

Jul 5, 2022

काठमाण्डौं । सरकारले नेत्रविक्रम चन्द समूहका गतिविधिमाथि लागेको प्रतिबन्ध हटेसँगै नेता–कार्यकर्ता रिहाइ प्रक्रिया शुरु भएको छ ।

Advertisement

प्रहरी प्रधान कार्यालयका अनुसार आवश्यक प्रक्रिया पुर्याएर उनीहरुलाई छाड्न थालिएको हो । “अदालतमा पुर्पक्षमा पुगेकाका हकमा मन्त्रिपरिषद्कै निर्णय आउनुपर्ला, प्रशासन कार्यालय अन्तर्गत रहेकाका हकमा जिल्लाबाट र अनुसन्धानका क्रममा रहेकाका हकमा सरकारी वकिलको कार्यालयमार्फत आवश्यक प्रक्रिया पुर्याएर छाडिने छ”, केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले भने । कति जनालाई आज रिहाइ गरियो भन्ने विवरण आइनसके पनि प्रक्रिया पुर्याएर रिहाइको क्रम भने शुरु भइसकेको जनाइएको छ । हप्ताअघि काठमाण्डौंमा पक्राउ परेका उक्त समूहका नेता धर्मेन्द्र बाँस्तोलालाई समेत आज काभ्रेपलाञ्चोकबाट रिहाइ गरिसकिएको छ ।

प्रहरीका अनुसार हाल चन्द समूहका १४४ नेता–कार्यकर्ता पुर्पक्षका लागि कारागारमा छन् । उसका १८ कार्यकर्ता विरुद्ध अनुसन्धान चलिरहेको छ । वि.सं २०७५ फागुनपछि प्रहरीले दुई हजार ८२ जना पक्राउ गरेको थियो । उनीहरुविरुद्ध दुई हजार मुद्दा दर्ता भएको थियो । तीमध्ये ९० जना सोधपुछपछि छुटेका र करीब एक हजार ८४० मुद्दा दर्तापछि छुटेका थिए ।

सरकार र चन्द समूहबीचको वार्तामा तीनबुँदे सहमति भएसँगै प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो समूहमाथि लाग्दै आएको प्रतिबन्ध हटाएको थियो । त्यसअघि सरकार र नेकपाबीचको वार्तामा चन्द समूहका सम्पूर्ण गतिविधि शान्तिपूर्णरूपमा सञ्चालन हुने र सरकारका तर्फबाट उसका गतिविधिमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने सहमति भएको थियो । सहमतिको विस्तृत विवरण आज अपराह्न विशेष समारोहबीच सार्वजनिक गरिँदै छ । उक्त समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र समूहका महासचिव चन्दले सम्बोधन गर्ने कार्यक्रम छ । सरकारले हिंसात्मक गतिविधि सञ्चालन गरेको जनाउँदै विसं २०७५ फागुन २८ गते समूहका गतिविधि सञ्चालनमा रोक लगाएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

तानसेनलाई १३औं राष्ट्रपति रनिङ शिल्ड उपाधि भेरी अस्पतालमा चिकित्सकको दादागिरी, महिना नपुग्दै अग्रिम हाजिरी : ‘स्वास्थ्य मन्त्रालयको संरक्षण’ १५ दिने सुन चाँदीका गहना बनाउने तालिम एक चौथाईले घट्यो लुम्बिनीको आन्तरिक आय, दानपेटिकामा भारतीय र नेपाली मुद्रा मात्र एकै परिवारका ६ जनाकाे हत्यामा संलग्न चार जनालाई आजीवन कारावास लुम्बिनी प्रदेशबाट रोजगारका लागि दैनिक ४ सय बढी युवा विदेशिन बाध्य सुख्खा पहिरोमा पुरिएर अमृताको मृत्यु अमेरिकामा गोलीकाण्ड : हजारौंको मृत्यु रामेछाप बस दुर्घटनामा मृत्यु हुनेमध्ये ८ जनाको सनाखत केरा खेतीले दियो नसोचेको सफलता जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई सम्मान प्रधानमन्त्री देउवाद्वारा गिरिजाबाबुको अर्धकदको शालिक अनावरण लुम्बिनी सरकार: १९ दिनमा करिब ५ अर्ब खर्च रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, घाइतेको हेलिकप्टरबाट उद्धार अस्ट्रेलियामा बाढीः सिड्नीका ५० हजार जनालाई घर छाड्न भनियो छुट्टाछुट्टै स्थानमा अवैध लागूऔषधसहित सात जना पक्राउ बोक्सीको आरोप लगाई महिलामाथि कुटपिट गर्ने धामी पक्राउ डुंगा डुब्दा १५ जना मछुवा बेपत्ता सुनको भाउ तोलामा १०० रुपैयाँले बढ्यो गोली देखाई छिमेकी तर्साउने एक जना पक्राउ