ताजा अपडेट »

महिला हस्तकला मेला फागुन २२ देखि

शुक्रबार, २१ फागुन २०७७, १३ : ३८
2 Shares


काठमाडौँ। महिला हस्तकला मेला यही फागुन २२ गतेदेखि हुनेभएको छ । पत्रकार सम्मेलनमार्फत बिहिबार नेपाल हस्तकला महासङ्घ र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा मेलाको आयोजना गरिने जानकारी दिइएको हो ।‘हस्तकलाको प्रवद्र्धन, महिला सशक्तीकरणको सम्र्वद्धन’ भन्ने नारासहित हुने मेलामा नेपाली उत्पादन तथा नेपालको पहिचान झल्कने कक्ष राखिने महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले बताए ।

मेलामा सानाठूला गरी ५० भन्दाबढी कक्ष रहने बताइएको छ । मेलामा नेपाली ढाका, बाँस, काष्ठकला, गरगहना, कपडा, सिसा, धातु तथा कागजबाट बनाइएका सामान प्रदर्शन गरिनेछ । हस्तकला मेला महानगरपालिका अगाडिको खाली स्थानमा हुनेछ । यही फागुन २४ गते मेलाको समापन हुनेछ ।

रासस
लेखकको बारेमा
रासस