२० माघ २०७९, शुक्रबार

Feb 3, 2023



कावासोती । नवलपरासी ९बर्दघाट सुस्तापूर्व नवलपुरमा गैँडाको आक्रमणमा परी बिहिबार एकको मृत्यु भएको छ । नवलपुरको मध्यबिन्दु नगरपालिका–१२ मा गैँडाको आक्रमणमा परी ४४ वर्षीय पविसरा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।बारीमा घाँस काट्न गएका समयमा गैँडाले आक्रमण गरेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए । गैँडाको आक्रमणबाट विकको घटनास्थलमा नै मृत्यु भएको उनले बताए ।

Advertisement

छोरीलाई करणी गरेको आरोपमा बुबा पक्राउ

विनयी त्रिवेणी गाउँपालिकाबाट छोरीलाई करणी गरेको आरोपमा बुबा पक्राउ परेका छन् । वडा नं ४ सर्दीका ३८ वर्षीय बुबा पक्राउ परेका हुन् । तेह्र वर्षीया छोरीलाई करणी गरेको आरोपमा बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।पछिल्लो पटक मङ्सिर ८ गते छोरीलाई बलात्कार गरेर भारत फरार भएका आरोपित बुबा बुधबार घर फर्केपछि घटना खुलेको हो । बुधबार घर फर्केपछि घरमा झगडा हुँदा स्थानीयवासीले घटनाबारे थाहा पाएका थिए । घटनाबारे जानकारी पाएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयबाट जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दुम्कीबासबाट प्रहरी निरीक्षक विकास बमको नेतृत्वमा घटनास्थल पुगेको टोलीले आरोपित बुबालाई गिरफ्तार गरेको छ ।प्रारम्भिक अनुसन्धानमा बिहिबार बुबाले पीडित बालिकामाथि पटकपटक बलात्कार गरेको खुलेको प्रहरी नायब उपरीक्षक गिरीले बताए । पछिल्लो पटक मङ्सिर ८ गते बालिकामाथि बलात्कार भएको अनुसन्धानमा खुलेको भन्दै थप विवरण लिखित जाहेरीपछि खुल्ने उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

एभरेष्ट बैंक र सिद्धार्थनगर सिटी अस्पताल बीच सम्झौता रास्वपाको २ दिने अल्टिमेटम, गृहमन्त्री नपाए सरकारबाट बाहिरिने आगजनी मुद्दामा पक्राउ परेका अरुणकुमारलाई रिहा गर्न २४ घण्टे अल्टिमेटम रवि लामिछाने बारे! मिलीजुलीले तिनाउमा दियो सहकारी शिक्षा नेपाल प्रहरीमा ९५ जना एसपीको सरुवा रास्वपाले समर्थन फिर्ता लिँदैन, सत्ता समीकरण यथावत रहन्छ : प्रधानमन्त्री चाइनिज पेस्तोल र ६ राउण्ड गोलीसहित दुई जना पक्राउ एक बालिका र युवतीलाई बलात्कार गरेको आरोपमा दुईजना पक्राउ रविलाई फेरि गृहमन्त्री बनाउनुपर्ने माग गर्दै जुम्लामा एक जनाले गरे आत्मदाह प्रयास सेयर बजार २२.१२ अंकले घट्याे बालविवाह राेक्न मर्चवारीमा बिमा कार्यक्रम सांसद अरुणकुमार चौधरी पक्राउ कालिन्चोक दर्शनको आईपीओ बाँडफाँट रारा आउने पर्यटक चालिस प्रतिशतले घटे रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान एकीकृत समाजवादीको बैठकमा घनश्याम भुसाल तिलोत्तमाको भूपु सैनिक आधारभुत विद्यालयमा चित्रकला प्रतियोगिता मेरो मौनता आजसम्मका लागि मात्रै हो, म अभिमन्यु होइन : रवि लामिछाने बलिउडको फ्लप कमब्याक