ताजा अपडेट »

बुटवलमा मोटर हेडका डर्ट तथा स्पोर्ट बाइक

शुक्रबार, २१ फागुन २०७७, १२ : ५६
6 Shares

बुटवल । लुम्बिनी टू ह्विलर प्रा.लि.ले रुपन्देहीमा मोटर हेड कम्पनीका विभिन्न डर्ट तथा स्पोर्ट मोटर साइकलहरु ल्याएको छ । प्रा.लि.ले अमेरिकी ब्राण्ड, चाइनामा निर्मित मोटर हेडका विभिन्न स्पोर्ट तथा डर्ट बाइकहरुको बिक्री वितरण सुरु गरेको छ । प्रा.लि.ले शुक्रबार एक समारोहका बीच शो रुमको उद्घाटन गरेको छ । प्रा.लि.का अध्यक्ष सुनिल भुसालको अध्यक्षता, नेपाल अटो ट्रेड यूनियनका केन्द्रीय अध्यक्ष जीवन अधिकारीको प्रमुख आतिथ्यतामा मोटर हेडका बाइक लञ्च तथा लुम्बिनी टू ह्विलर्स प्रा.लि.को शो रुम उद्घाटन भएको छ ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि अधिकारीले दूई पाङ्ग्रे साधन सबै वर्ग र पेशाकर्मीहरुका लागि अत्यावश्यक साधन बनेको बताउँदै नयाँ कम्पनीका मोटर साइलक आयात र बिक्रीसँगै मर्मत सेवा र पार्टस्को सहज उपलब्धतामा ध्यान दिनुपर्ने बताए । समारोहमा मोटर हेडको नेपाल आधिकारिक बिक्रेता एसएलआर टेक्नो एण्ड ट्रेड प्रा.लि.का काठमाण्डौंका व्यवस्थापक उज्जवल जोशीले विगत ५ वर्षदेखि नेपालमा मोटर हेडका विभिन्न मोटरसाइकलहरु बिक्री वितरण गर्दै आएको र सबै किसिमका सडकहरुमा चलाउन मिल्ने रहेको बताए ।

बुटवलमा शुभारम्भ भएको लुम्बिनी टू ह्विलर्स प्रा.लि. कम्पनीको नेपाल स्थित १५ औं शाखा रहेको उनले बताए । मोटर हेडका बाइक डर्ट र स्पोर्ट बाइकहरुमा शुपथ र आकर्षकसँगै बलियो र किफायती समेत रहेको उनले दावी गरे । विशेषगरी पहाडी पाल्पा,गुल्मी,अर्घाखाँची लगाएतका जिल्लाहरुलाई लक्षित गरी बुटवल–तिलोत्तमाको सिमाना योगीकुटीमा शो रुमको स्थापना तथा सञ्चालन गरिएको प्रा.लिका सञ्चालक रविन सुवेदीले बताए ।

तीन जना युवाहरु सुनिल भुसाल,अनुप पौडेल रविन सुवेदीको संयुक्त एक करोड लगानी र सहभागितामा सञ्चालित प्रा.लि.मा ७ जनाले रोजगारी प्राप्त गरेका छन् । प्रा.लि.मा १ सय ५० सिसिदेखि २५० सम्ममा विभिन्न रङ्ग र विशेष्ताका मोटरसाइकलहरु उपलब्ध रहेको तीनको मूल्य २ लाख ८८ हजारदेखि ४ लाख ५५ हजार सम्म रहेको एस एल आर टेक्नो एण्ड ट्रेड प्रा.लि.का क्षेत्रिय बजार व्यवस्थापक सुनिल कार्कीले जानकारी दिए ।

कार्यक्रममा नेपाल अटो ट्रेड लिंक अध्यक्ष राकेश गुरुङ , बुटवलका सचिव लक्ष्मण भण्डारी नेपाल अटो ट्रेडिङ यूनियन , तिलोत्तमाका शिब कुमार लामिछाने,बुटवल नगरका कमिटिका रमाकान्त सारफ , योगीकुटी प्रहरी बिट इन्चार्ज बिमला बि.क. लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम खिला अधिकारीको सञ्चालनमा भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।