२३ असार २०७९, बिहीबार

Jul 7, 2022

काठमाडौँ । प्रहरीले काठमाडौँको चन्द्रागिरिबाट लागुऔषधसहित बिहिबार एक जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध ७०० एम्पुल नोर्फिन, ९०० एम्पुल डाईजेपाम र ७०० एम्पुल फेनारगनसहित पर्सा छिपरमाइ गाउँपालिका–५ बस्ने ३५ वर्षीय उपेन्द्र कुमारलाई प्रहरीले पक्राउ गरेको छ । पर्साबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ६३७७ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बिहान जाँच गर्ने क्रममा उनलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

उनको विषयमा अहिले महानगरीय प्रहरी वृत थानकोटले लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान गरिरहेकोे महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । यसैबीच बुधबार पनि काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध ९०० एम्पुल नोर्फिन, ९०० एम्पुल फेनारगन र ९०० एम्पुल डाइजेपामसहित बाराका १९ वर्षीय सोनुकुमार यादवलाई प्रहरीले पक्राउ गरेको थियो ।

वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज ७४५० नम्बरको टाटा सुमोलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार यादवलाई उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस्तै परिसरले बिहिबार एक सूचना जारी गरी २२ तोला बराबरको अवैध सुनको सिक्रीसहित भारतीय नागरिक तपस सस्मललाई पक्राउ गरेको जनाएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

उपराष्ट्रपतिले भारतीय राजदूतसँग भने– नेपाल, भारत र चीनबीच त्रीपक्षीय सहकार्य गर्नुपर्छ एम्बुलेन्स दुर्घटना हुँदा तीन महिने शिशुको मृत्यु मिस्टर एण्ड मिस नवलपरासीको उपाधि रवि र श्रुतिलाई लुम्बिनीको दाङमै उत्पादन हुन्छ डिएपी मल माओवादी पोलिटव्युरो १२५ सदस्यीय, प्रचण्डको परिवारबाट चार जना (नामसहित) नेप्से १६ अंकले घट्यो माओवादी केन्द्रको माग- एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब अमेरिकालाई पठाइयोस् कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी, सुत्न र शौचालय जान समस्या प्रचण्डको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते बुढीगंगाको मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाइ फायर तिनाउ करिडोरमा काम गर्ने एक मजदुर बुटवलको देविनगरमा मृत फेला आधारभुत विद्यालय : कोठा एक, कक्षा चार रुपन्देहीमा अवैध रूपमा ल्याउँदै गरेको सुनसहित भारतीय पक्राउ १५ वर्षीया किशोरी बलात्कृत पदाधिकारी आजै टुंगिन्छः वर्षमान पुन उपाध्यक्षमा नारायणकाजी ‘कन्फर्म’, कुन पदमा कसकाे सम्भावना धेरै ? रुपन्देहीको दानापुर तालमा डुबेर सैनामैनाका पाण्डेको मृत्यु सुनको भाउ एक हजार चार सय रुपैयाँ घट्यो पदाधिकारी टुंगो लगाउन खुमलटारमा माओवादी बैठक सुरु