ताजा अपडेट »

व्यासमा भूमिहीनको तथ्याङ्क सङ्कलन

शुक्रबार, २१ फागुन २०७७, १२ : ३४
2 Shares

दमौली । तनहुँको व्यास नगरपालिकामा करिब सात हजार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन गरिएको छ । एक महिनामा व्यास नगरपालिकाका छ हजार ८७२ को तथ्याङ्क सङ्कलन गरिएको हो ।

नगरपालिकाका १४ वटै वडाका ७३० भूमिहीन दलित, ४९७ भूमिहीन सुकुम्वासी र छ हजार १४२ अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन भएको लागत सङ्कलक एकाइका प्रमुख विमल गिरीले जानकारी दिए । नगरपालिकाले तथ्याङ्क सङ्कलनका लागि १४ वडामा २४ तथ्याङ्क सङ्कलन खटाएको थियो । व्यास नगरपालिका–१ मा ९२ भूमिहीन दलित, ४९ भूमिहीन सुकुम्वासी, ४१० अव्यवस्थित बसोबासी, ५१० वडा नं २ मा सात भूमिहीन दलित, पाँच भूमिहीन सुकुम्वासी, १४० अव्यवस्थित बसोबासी, १४७ वडा नं ३ मा नौ भूमिहीन दलित, आठ भूमिहीन सुकुम्वासी, ३२२ अव्यवस्थित बसोबासी, वडा नं ४ मा ३३ भूमिहीन दलित, २३ भूमिहीन सुकुम्वासी र १६४ अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन भएको छ ।

वडा नं ५ मा ५६ भूमिहीन दलित, ३९ भूमिहीन सुकुम्वासी, ६५० अव्यवस्थित बसोबासी, वडा नं ६ मा १५० भूमिहीन दलित, ९५ भूमिहीन सुकुम्वासी र ५२२ अव्यवस्थित बसोबासी, वडा नं ७ मा ३३ भूमिहीन दलित, १८ भूमिहीन सुकुम्वासी र ३२८ अव्यवस्थित बसोबासी, वडा नं ८ मा पाँच भूमिहीन दलित, तीन भूमिहीन सुकुम्वासी र २०६ अव्यवस्थित बसोबासी, वडा नं ९ मा १३ भूमिहीन दलित, आठ भूमिहीन सुकुम्वासी र १३१ अव्यवस्थित बसोबासी, वडा नं १० मा ८० भूमिहीन दलित, ४८ भूमिहीन सुकुम्वासी र ९२४ अव्यवस्थित बसोबासी, वडा नं ११ मा ७७ भूमिहीन दलित, ६० भूमिहीन सुकुम्वासी र ८९१ अव्यवस्थित बसोबासी, वडा नं १२ मा १२९ भूमिहीन दलित, १०५ भूमिहीन सुकुम्वासी र ७२५ अव्यवस्थित बसोबासी, वडा नं १३ मा ३६ भूमिहीन दलित, २८ भूमिहीन सुकुम्वासी र ४३१ अव्यवस्थित बसोबासी, वडा नं १३ मा १० भूमिहीन दलित, आठ भूमिहीन सुकुम्वासी र दुई सय ९८ अव्यवस्थित बसोबासीको विवरण सङ्कलन गरिएको छ ।

नगरपालिकाले सङ्कलन गरेको विवरण भूमिसम्बन्धी समस्या समाधान आयोगमा पठाइने र जाँचबुझ पछि वास्तविक भूमिहीन भएको प्रमाणित भएमा लालपुर्जा वितरण गरिनेछ । भूमिसम्बन्धी समस्या समाधान आयोगले जिल्लाका नौ स्थानीय तहमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलनका लागि सम्झौता गरेको छ । सोहीबमोजिम सबै स्थानीय तहले लगत सङ्कलनको काम गरिरहेका छन् ।

रासस
लेखकको बारेमा
रासस