Jan 28, 2023
काठमाडौँ । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत बिहिबार भएको खेलमा श्री भगवती क्लब विजयी भएको छ ।ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा श्री भगवतीले झम्सिखेल युथ क्लबलाई ३–२ गोलअन्तरले पराजित गरेको हो । श्री भगवती क्लबका नवराज गुरुङ र मोहनबहादुर थापा मगरले एक एक गोल गरेका हरररसन् । झम्सिखेलले एउटा आत्मघाती गोल गरेको हो ।
झम्सिखेलका लागि मदन स्याङ्तान र अनिश चौधरीले एक(एक गोल फरकाएका हून् ।खेलको ११ औँ मिनेटमा झम्सिखेलका सुनिल शाहीले आत्मघाती गोल गरेका हून् । खेलको ३२औँ मिनेटमा झम्सिखेलका स्याङ्तानले गोल गरेका हून् । यस्तै खेलको ५६औँ मिनेटमा भगवतीका गुरुङले तथा ७०औँ मिनेटमा चौधरीले गोल गरेका हून् । खेलको ८४औँ मिनेटमा भगवतीका थापाले दोस्रो गोल गर्दै आफ्नो टोलीलाई ३–२ ले विजयी गराए।जीतसँगै भगवती नौ खेलबाट नौ अङ्क जोड्दै लिगको आठौँ स्थानमा उक्लेको छ । यस्तै झम्सिखेल नौ खेलमा ६ अङ्क जोडेर एघारौँ स्थानमा छ । लिगमा १२ वटा क्लबले प्रतिस्पर्धा गरिरहेका छन्
प्रतिकृया दिनुहोस्