२३ असार २०७९, बिहीबार

Jul 7, 2022

चितवन । बि.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा न्यूक्लियर मेडिसिन सेवा पुन: शुरु भएको छ । स्प्याक्ट गामा क्यामरा मेसिन मर्मतसम्भार गरी पुन: सेवा सञ्चालन गरिएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार अस्पतालको रेडियोडायग्नोसिस तथा इमेजिङ विभागअन्तर्गत न्यूक्लियर मेडिसिन युनिटमा क्यान्सरका बिरामीका लागि अतिआवश्यक यो मेसिन मर्मत गरी सञ्चालनमा ल्याइएको हो । मेसिन सञ्चालनमा आएसँगै न्यूक्लियर मेडिसिनका परीक्षण तथा उपचार विधि नियमित भएको डा. गौतमले जानकारी दिए । न्यूक्लियर मेडिसिन (नाभिकीय चिकित्सा) मा रेडियोधर्मी अर्थात् रेडिएसन निस्किने औषधिको प्रयोग गरेर बिरामीको विभिन्न रोगको जाँच तथा उपचार गरिन्छ । यसबाट बिरामीको विभिन्न अङ्गको गहन जाँच हुन्छ । लगभग सबै अङ्गको जाँच गर्न मिल्छ ।

मस्तिष्क, घाँटीको थाइराइड, मुटु, फोक्सो, मिर्गौला, कलेजो, हड्डीको जाँच हुने उनले जानकारी दिए । हड्डीमा सङ्क्रमण भएको वा हड्डीमा क्यान्सर भएको दुवै किसिमको जाँच गर्न मिल्छ । अन्य कुनै क्यान्सर हड्डीमा फैलिएको छ कि छैन भन्ने पनि यसबाट पत्ता लगाउन सकिन्छ । यससँगै बिरामी लाभान्वित भएका छन् । विगत एक वर्षयता सो मेसिन बिग्रिएर थन्किएको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

माओवादी पोलिटव्युरो १२५ सदस्यीय, प्रचण्डको परिवारबाट चार जना (नामसहित) नेप्से १६ अंकले घट्यो माओवादी केन्द्रको माग- एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब अमेरिकालाई पठाइयोस् कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी, सुत्न र शौचालय जान समस्या प्रचण्डको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते बुढीगंगाको मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाइ फायर तिनाउ करिडोरमा काम गर्ने एक मजदुर बुटवलको देविनगरमा मृत फेला आधारभुत विद्यालय : कोठा एक, कक्षा चार रुपन्देहीमा अवैध रूपमा ल्याउँदै गरेको सुनसहित भारतीय पक्राउ १५ वर्षीया किशोरी बलात्कृत पदाधिकारी आजै टुंगिन्छः वर्षमान पुन उपाध्यक्षमा नारायणकाजी ‘कन्फर्म’, कुन पदमा कसकाे सम्भावना धेरै ? रुपन्देहीको दानापुर तालमा डुबेर सैनामैनाका पाण्डेको मृत्यु सुनको भाउ एक हजार चार सय रुपैयाँ घट्यो पदाधिकारी टुंगो लगाउन खुमलटारमा माओवादी बैठक सुरु खोपको सर्वसुलभ पहुँचका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालको अनुरोध रुसी इन्धन किन्न श्रीलंकाका राष्ट्रपतिले मागे पुटिनसँग सहयोग हैजाबाट जोगिन व्यक्तिगत सरसफाइमा ध्यान दिन एनआरएनएको आग्रह ट्राफिक नियम उल्लङ्घन गर्ने २४ सय २८ जना सवारी चालक कारवाहीमा