१४ माघ २०७९, शनिबार

Jan 28, 2023

काठमाडौँ । नेपालमा खपत गरेर बढी भएको बिजुली क्षेत्रीय बजारमा बिक्रीका लागि निजी क्षेत्रलाई समेत अनुमति दिन स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल ( इपान)ले सरकारसँग माग गरेको छ ।इपानले बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालको बिजुली बिक्रीका लागि आवश्यकपर्ने नीति शीघ्र तय गर्न र कार्यान्वयनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । भारत सरकारकातर्फबाट त्यहाँको केन्द्रीय विद्युत् प्राधिकरणले यही फागुन १४ गते जारी गरेको अन्तरदेशीय विद्युत् व्यापार कार्यविधिले बिजुली व्यापारका लागि सहज भएको इपानको भनाइ छ ।

Advertisement

नेपालभित्र उत्पादन भएको विद्युत् सरकारी तथा निजी क्षेत्रबाट भारतीय बजारसम्म लैजानका लागि मार्गप्रशस्त भएकाले त्यस्तो अवसरको सदुपयोग गर्नुपर्ने उनीहरुको भनाइ छ । इपान अध्यक्ष कृष्ण आचार्यले नेपालको विद्युत्लाई भारतीय बजारमा प्रतिस्पर्धी बनाउन कानूनी तथा प्राविधिकरुपमा तयारी गर्नुपर्ने र आवश्यक कठिनाइको तत्काल सम्बोधन गर्नुपर्ने बताए ।उनले विद्युत् विधेयक ९ऐन० लाई तत्काल पारित गरी क्षेत्रीय बजारमा विद्युत् व्यापारको मार्ग प्रशस्त गर्न आग्रह गरे ।

आगामी पाँच वर्षभित्र देशको प्रणालीमा विद्युत्को कूल जडित क्षमता सात हजार १०० मेगावाट पुग्ने जानकारी दिँदै उनले देशभित्र पनि बिजुली खपतको वातावरण बनाउन एवं क्षेत्रीय बजारमा समेत व्यापार गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।इपान उपाध्यक्ष आषिश गर्गले आन्तरिक तथा बाह्य बजारमा विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई प्रवेश दिइए सहज हुने धारणा राख्दै नेपाल विद्युत् प्राधिकरण एक्लैले व्यापार गर्न नसक्ने बताए ।

उपाध्यक्ष गर्गले हाल देशको प्रणालीमा निजी क्षेत्रले ७३९।५ मेगावाट बिजुली उपलब्ध गराएको जानकारी दिए । पछिल्लो तीन वर्षमा मात्रै आफूहरुले ३७० मेगावाट बिजुली थप गरेको, तीन हजार ३०० मेगावाट क्षमताका आयोजना निर्माणमा रहेको तथा दुई हजार ६०० मेगावाट क्षमताका आयोजना निर्माणमा जान ठिक्क रहेको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

Flash News

यस्तो रहनेछ आजको मौसम सर्वोच्चको फैसलाले रविको रफ्तारमा रोक एसईई परीक्षा चैत १७ गतेदेखि (तालिकासहित) रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी