२० मंसिर २०७९, मंगलवार

Dec 6, 2022

बुटवल । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दबहादुर बस्नेतले अब खुल्ने औद्योगिक क्षेत्रमा सम्झौता गरेर मात्रै उद्योग सञ्चालन गर्न दिईने बताउँदै सम्झौता अनुसारको सेवा सुविधा दिन नसके सरकारले त्यसको क्षेतीपूर्ती व्यहोर्ने बताएका छन् ।

Advertisement

बुटवलको मोतिपूर औद्योगिक क्षेत्र शिलान्यासको पूर्वसन्ध्यामा बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा भेटघाटमा आएका अध्यक्ष बस्नेतले सरकारको तर्फबाट औद्योगिक क्षेत्र व्यबस्थापन लिमिटेडले के गर्ने र उद्योगले के गर्ने भन्ने सुरुमै सम्झौता गरिने बताउँदै त्यो सेवा सुविधा दिन नसके त्यसको पनि औद्योगिक क्षेत्र व्यबस्थापनले क्षतीपूर्ती गर्ने र उद्योगले पनि सम्झौता अनुसारको काम नगरे बैंक ग्यारेन्टी (धरौटी) जफत गर्ने बताए ।

उनले सरकारको तर्फबाट औद्योगिक क्षेत्र लिमिटेड र निजी क्षेत्रबाट नेपाल उद्योग बाणिज्य महासंघ तथा जिल्ला नगर उद्योग बाणिज्य संघसंग कसले के के काम गर्ने भन्ने विषयमा सम्झौता गर्न चाहेको जानकारी गराए । २०६८ सालमा बुटवल उद्योग बाणिज्य संघले अगाडि सारेको परिकल्पना मौतिपुर औद्योगिक क्षेत्रको अवधारणाकै कारण सरकारले सातवटै प्रदेशमा प्रदेश स्तरीय औद्योगिक क्षेत्रको अवधारणा बनाएको बताउँदै उहाँले औद्योगिक क्षेत्र शिलान्यास भएको २ वर्षमा नै उद्योग राखिने र ५ वर्षमा त्यसको निर्माण पूरा हुने पनि जानकारी गराए ।

सो अवसरमा संघका अध्यक्ष खिमबहादुर हमालले संघले मोतिपूर औद्योगिक क्षेत्रको परिकल्पाना गर्दा त्यस क्षेत्रमा त्यति ठूलो बस्ती नभएको र अहिले बस्ती धेरै बसीसकेकोले केही समस्या देखिएको उल्लेख गरे । ‘हाम्रो चाहना औद्योगिक क्षेत्र बन्नु पर्यो, उद्योग धन्दा सञ्चालन गर्न पाउनु पर्यो भन्ने हो ।’ अध्यक्ष हमालले भने –‘अहिलेसम्म कार्यालय स्थापना भयो भन्ने भन्दा अरु प्रगति देख्न पाईएन ।’ उनले औद्योगिक क्षेत्र निर्माणको लागि प्रदेश सरकारले समेत समन्वयको सम्म पनि काम नगरेको बताए ।

उनले अहिले औद्योगिक क्षेत्रको जग्गामा भोगचलनको समस्या देखिएको बताउँदै सरकारको तर्फबाट त्यसलाई सम्बोधन गर्ने हो भने समस्या समाधान हुन सक्ने पनि भनाई राखे । त्यस्तै संघका पूर्व अध्यक्ष नवराज श्रेष्ठले मोतिपुर औद्योगिक क्षेत्रको लागि आफूले धेरै मेहनत गरेको स्मरण गर्दै सरकारले गर्नुपर्ने काम आफूहरुले गरेपनि औद्योगिक क्षेत्र व्यबस्थापन लिमिटेडका तर्फबाट सामान्य मूल्यांकनसम्म पनि नगर्दा दुःख लागेको भनाई राखे। त्यस्तै पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले सरकारले ल्याएको सात प्रदेशमा प्रदेश स्तरीय औद्योगिक क्षेत्रको कन्सेप्ट मोतिपूर औद्योगिक क्षेत्र नै भएको बताउँदै मोतिपूर औद्योगिक क्षेत्रको सोँच बुटवल उद्योग बाणिज्य संघको भएको दावी गरे ।

प्रतिकृया दिनुहोस्

Flash News

मोटरसाइकलको ठक्करबाट ८ वर्षीय बालिका घाइते प्रि-ओपन सेसनमा नेप्से सूचक २.३१ अंकले वृद्धि भाइलाई पत्नी जुटाउन यी दिदीले १२ वर्षदेखि गर्दैछिन् पैसाको जोहो अनुमतिविनाका अस्पताल छ्यापछ्याप्ती, नियमक निकाय मूकदर्शक सुपरमादीको आईपीओ खुल्यो, पुस ५ सम्म भर्न पाइने रोनाल्डो किन्‍न साउदी क्लब तयार सिम्रिकसँग हेलिकोप्टर किनेको हेली एभरेष्टले माग्यो ६ जना पाइलट अर्घाखाँचीको एउटै गाउँमा फल्यो पाँच करोडको सुन्तला पहिरोले बस पुर्दा कम्तीमा ३३ जनाको मृत्यु नेपाली अर्थतन्त्रको उल्टो यात्रा गृहमन्त्रीको चेतावनीलाई टेरेनन् मुख्यमन्त्रीले, बुटवलबाट रातारात मन्त्रालय दाङ देशभर चिसो बढ्यो, तराईमा साझ विहान हुस्सु वायु प्रदूषणः चीनमा हरेक वर्ष ६४ हजार शिशुको गर्भमै मृत्यु महाकालीको समस्या समाधानका लागि नेपालले आज कूटनीतिक नोट पठाउँदै नयाँ सांसद पनि भाडाकै भवनमा किन पार्टी फेरिरहन्छन् दीपक मनाङे ? प्रतिनिधि सभामा पुरुषको वर्चश्व, प्रत्यक्षतर्फ १६५ मध्ये ९ जना मात्र यी हुन् महिला एमाले गुल्मी-१ मतदातालाई धन्यवाद दिन गाउँतिर घाँटी रेटेर मायाको हत्या अभियोगमा पक्राउ परेका आरोपित सार्वजनिक रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा फेरी अर्को उजुरी