ताजा अपडेट »

कर्णाली करिडोरमा फेरि आयो ‘फेरी’

विहीबार, २० फागुन २०७७, १५ : ५७
4 Shares

मान्म । कर्णाली करिडोर जोड्ने कालीकोटको जितेगडास्थित कर्णाली नदीको यातायातका साधन सञ्चालनका लागि फेरी सञ्चालनमा आएको छ । वर्षाका कारणले गत असारमा बन्द फेरी पुन:सञ्चालनमा ल्याइएको हो ।

सवारीसाधन तार्न कठिनाइ भएपछि कर्णाली प्रदेश सरकारको सहयोगमा फेरी सञ्चालनमा ल्याइएको हो । जितेबजार क्षेत्रमा फेरी सञ्चालनमा ल्याइएको फेरी निर्माणको सहजीकरण गरेका स्थानीयवासी अनन्त बरालले बताए । उनले भने, “कर्णाली करिडोरमा चल्ने सवारीसाधनलाई आवतजावतमा समस्या भएको थियो । साना तथा ठूला सवारीसाधन ओसारपसारमा स्थानीयवासीलाई सास्ती हुने गरेको थियो ।”

पुन:निर्माणको लागत अनुमानका आधारमा प्रदेश सरकारले भुक्तानी गर्नेछ । सवारीसाधन ओसारपसार गर्नका लागि पहिला सञ्चालनमा आएको फेरी कर्णाली नदीमा गत वर्ष असारको अविरल वर्षापछि बगेकाले नौ महिनापछि पुनःसञ्चालनमा आएको हो । कर्णाली करिडोरमा गाडी सञ्चालन गर्नुपरेमा सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला हुँदै कालीकोटसम्म गाडी भित्र्यानुपर्ने अवस्था थियो । जितेबजारबाट बग्दै गएको कर्णाली नदीमा फेरी सञ्चालनमा आएपछि यातायातका साधन आवतजावतमा सहजता हुने भएको छ ।

रासस
लेखकको बारेमा
रासस