ताजा अपडेट »

दुर्गाफाटमा चौथों पाणिनी दुर्वाशेश्वर पर्यटन महोत्सव हुने

विहीबार, २० फागुन २०७७, १५ : १७
6 Shares

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकाको दुर्गाफाटमा चौथों पाणिनी दुर्वाशेश्वर पर्यटन महोत्सव–२०७७ सञ्चालन हुने भएको छ ।

बिहीवार दुर्गाफाटमा आयोजना पत्रकार सम्मेलनमा पाणिनी पर्यटन समाजका अध्यक्ष झविन सुनामले ‘अर्घाखाँचीको सौन्दर्यता हाम्रो सान पर्यटन विकासमा हाम्रो अभियान’ भन्ने मुल नाराका साथ यही फागुन २७ गते महाशिवरात्रीको अवसरमा मेला सञ्चालन हुन लागेको जानकारी गराए ।

पाणिनी गाउँपालिकाको पर्यटन प्रबर्द्धनमा टेवा पुराउने उद्देश्यले आयोजित महोत्सबमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालमा पुर्व अध्यक्ष तथा बहुचर्चित लोक गायक बद्री पङ्गेनी, लोकदोहोरी गायिका सुनितामी परियार, हास्य व्यंग्य कलाकार माईला बा लगाएतको प्रस्तुति रहने उनले बताए । पाणिनी पर्यटन समाजको आयोजना र पाणिनी गाउँपालिकाको सह आयोजना हुने मेला शिवरात्रीको दिन सन्चालन हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।