ताजा अपडेट »

जब ताज महलमा बम राखिएको छ भन्दै प्रहरीलाई फोन आयो...

विहीबार, २० फागुन २०७७, १३ : ५५
4 Shares

काठमाडौँ । बिहिबार बिहान भारतको उत्तर प्रदेश प्रहरीमा एकाएक त्रास छायो । संसारका सात आश्चार्यमा पर्ने ताज महलमा बम राखिएको छ र केहीबेरमा पड्किदैँ छ भनेर प्रहरीको आपतकालीन नम्बर ११२ मा एक युवकले भनेपछि । घटना बिहान ९ बजेतीरको हो । 

त्यसलगत्तै प्रहरीले ताज महल खाली गराए भने तीनैवटा गेट पनि बन्द गराइयो । त्यहाँ घुम्न पुगेका पर्यटकलाई पनि बाहिर निकालियाे । आसपासका क्षेत्रका पसलहरू बन्द गर्न लगाइयो। बम डिस्पोजल टोलीले बम राखिएको ठाउँको खोजी गरे। तर, बम नभेटिएको प्रहरीले जनाएको छ । 

बम राखेको भन्दै गलत सूचना दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेर अहिले हिरासतमा राखेको छ । फिरोजावादबाट ती व्यक्तिले जागिर नपाएपछि निराश भएर प्रहरीलाई त्यस्तो सूचना दिएको बताएका छन् ।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।