July 31, 2021, Saturday
१६ श्रावण २०७८, शनिबार

पत्रकार तथा अधिवक्ता चापागाईंलाई विद्यावारिधि

603

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंलाई ‘बौद्ध दर्शन र सञ्चार’ शोध प्रबन्धमा विद्यावारिधि उपाधि प्रदान गर्ने भएको छ । प्रा.डा. राजकुमार पोखरेल, प्रा. हरि प्रसाद अधिकारी, डा. माणिकरत्न शाक्य, भिक्षु सकिच्च, प्रा.डा गितु गिरी , प्रा.डा. रञ्जना बज्राचार्य, प्रा.डा. सुवर्णलाल बज्राचार्यलगायतका बाह्य तथा आन्तरिक परीक्षक एवं लुम्बिनी बौद्ध विश्वविद्यालय अनुसन्धान समितिका पदाधिकारीहरुको बुधबार बसेको बैठकले विद्यावारिधि (पीएच.डी) उपाधि प्रदान गर्ने निर्णय गरेकोे हो ।

शोध प्रबन्धको निर्देशकमा प्रा.डा. गितु गिरी र शोध विशेषज्ञमा डा. माधव पन्थी रहेको लुम्बिनी बौद्ध विश्वविद्यालयबाट जानकारी प्राप्त भएको छ । अनुसन्धान समितिको बैठकले उनलाई लुम्बिनी बौद्ध विश्वविद्यालय, विद्यावारिधि उपाधि सम्बन्धी विनियम २०७५ परिच्छेद ४ नियम नम्बर ४५ को च अनुसार बौद्ध अध्ययन संकाय अन्तर्गत सञ्चालित पीएचडी कार्यक्रम अनुसार ‘बौद्ध दर्शन र सञ्चार’ विषयमा विद्यावारिधि उपाधि प्रदान गर्ने निर्णय गरेको हो ।

पीएचडी उपाधि प्राप्त चापागाईंले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा एम.ए., कानूनमा एलएलवी., आम सञ्चार तथा पत्रकारिता विषयमा पूर्वाञ्चल विश्वविद्यालयबाट एम.ए. तथा प्राकृतिक चिकित्सा तथा योग विज्ञानमा डिप्लोमा समेत गरेका छन् ।

पछिल्लो अपडेट