ताजा अपडेट »

कञ्चन अध्यक्ष गोल्ड कप विहीबारदेखि

बुधबार, १९ फागुन २०७७, १८ : ०८
4 Shares

कञ्चन । हिमालय सामुदायिक बिकास केन्द्र, कञ्चन ४ रुपन्देहीको आयोजना तथा कञ्चन गाउपालिकाको सहयोगमा २० गतेबाट यस बर्षको १२ औं कञ्चन अध्यक्ष गोल्ड कप फागुन शुरु हुदै छ। हरेक वर्ष महा शिवरात्रीको अवसर पारेर संचालन गर्दै आइरहेको गोल्ड कपको १२ औं सिजनको प्रतियोगिता शुरु हुन लागेको हो ।

१ लाख ५५ हजार ५ सय ५५ रुपैया नगद राशी भएको कञ्चन अध्यक्ष गोल्ड कप मा देशभरका ८ फुटवल टिमहरुले सहभागिता जनाउने प्रतियोगिता फागुन २७ गते सम्म हुने आयोजकले जनाएको छ। यस्तै प्रतियोगितामा उपबिजेता टिमले ७५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्ने छन। कञ्चन गाउपालिकाले पहिलो पटक फुटवल खेल प्रतियोगितामा लगानी गर्न लागेको सो प्रतियोगिता बिगतका बर्षहरुमा हिमालयन गोल्ड कपको रुपमा संचालन हुँदै आएको थियो ।

उक्त गोल्ड कपको उपाधिका लागि हुने दैनिक प्रतिस्पर्धामा म्यान अफ दि म्याच हुने खेलाडीलाई १ हजार १ सय ११ रुपैया नगद पुरस्कार सहित अवार्ड प्राप्त गर्ने छन भने प्रतियोगिता अवधीभर उत्कृष्ट डिफेण्डर, मिड फिल्डर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकका लागि जनही ५ हजार रुपैया र अवार्ड प्राप्त गर्ने हिमालयन सामुदायिक बिकास केनद्रका टिका थापाले जानकारी दिएका छन।

प्रतियोगिता अवधीभर करिब ७ लाख रुपैया खर्च हुने अनुमान गरिएको गोल्ड कपको लागि कञ्चन गाउँपालिकाले ३ लाख रुपैया सहयोग गर्ने छ भने बाकी रकम हिमालन सामुदायिक बिकास केन्द्रले खेल अवलोकन गर्न आउने दर्शकहरुबाट बिगतका सिजनहरुमा जस्तै प्रबेश शुल्क र बिभिन्न उधोगी, व्यबसायी, सहयोगदाता, सौजन्यकर्ताहरुबाट सहयोग संकलन गरी खर्च व्यबस्थापन गरिने क्लवका अध्यक्ष प्रकाश थापाले जानकारी दिएका छन।

कञ्चन ११ रातो र निलो, फर्साटिकर युवा क्लव,भैरब एफ।सी नवलपरासी, द युनिटी खैरेनी, देउराली फोर ब्रोदर्स, नवलपरासी, सूर्योदय सामाजिक बिकास संस्था, कपिलबस्तु, बिश्व शान्ती युवा क्लव, सालझण्डी गरी ८ फुटवल टिमले सहभागित जनाउने प्रतियोगितामा प्रतिस्पर्धी टिमहरुवाट अन्तराष्ट्रिय खेलाडीहरु समेत भित्र्याउने भएकोले दर्शकहरुले अन्तराष्ट्रिय खेलाडीहरुको जादुमय खेल समेत प्रत्यक्ष रुपमा अवलोकन गर्न पाउने अध्यक्ष थापाले जानकारी दिएका छन।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।