April 19, 2021, Monday
६ बैशाख २०७८, सोमबार

नेपाल निर्माण तथा श्रमिक संघ रूद्रपुर अध्यक्षमा शशि गोतामे

कञ्चन । नेपाल निर्माण तथा श्रमिक संघ रूद्रपुर इकाइ कमिटी कञ्चन ४, रुपन्देहीको चौथो अधिवेशन सम्पन्न भएको छ। उक्त अधिबेसनले निर्माण व्यबसायी शशि गोतामेलाई अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्य समिति निर्वाचित गरेका छ।

यस्तै अधिबेसनले उपाध्यक्षमा निर्माण व्यवसायी सूर्यमान यादव (मखन), महिला उपाध्यक्षमा तुलसी थारु,सचिव गन बहादुर थापा र कोषाध्यक्षमा बाबुलाल धोवी निर्वाचित गरेको नव निर्वाचित कोषाध्यक्ष बाबुलाल धोवीले जानकारी दिए । यसैगरी सदस्यहरुमा केशव क्षेत्री, गिर बहादुर थापा, विजय राना,हरिराम थारु, बुद्धिराम बेलदार र श्रमिकहरुको तर्फबाट जुनिमाया थापा निर्वाचित भएका छन। अधिबेशनको उद्धघाटन गर्दै नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघका केन्द्रिय अध्यक्ष जे.बि. गुरुंगले निर्माण व्यबसायीहरुको श्रम र सृजनाले सिंगो देशको निर्माण गर्ने भएकोले हरेक निर्माण व्यबसायीहरुले परमपरागत ढंगले नभई समय परिस्थिती अनुसार हरेक निर्माण कार्यहरु भुकम्प रहित र सडक देखि न्युनतम ३० फुट पछाडी गर्नु पर्ने कुरालाई प्राथमिकता दिनु पर्ने औलाए ।

अबको निर्माण बिगतको भन्दा जोखिम र जिम्मेवारपुर्ण हुँदै गइरहेको हुदा निर्माण स्थलहरुलाई सुरक्षित रुपमा कार्य गर्न सके मानविय क्षति कम हुने उल्लेख गरे । यस्तै संघका केन्द्रिय उपाध्यक्ष ओक प्रकाश चौधरीले निर्माण व्यबसायीहरुले निर्माण सम्बद्ध श्रमिकहरुको पारिश्रमिक समयानुसार व्यबस्था गर्दै जानु पर्ने र बिशेष गरी निर्माण व्यबसाय भनेको सेवा मुलक कार्य भएकोले पनि निर्माण कार्यलाई नाफासंग भन्दा पनि सेवा गरे वापत केही पारिश्रमिक प्राप्त हुनेगरी काम गर्नु पर्ने उल्लेख गरे।

नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ, रुद्रपुर इकाईका अध्यक्ष सन्तराम लोधको अध्इक्षतमा भएको अधिबेशनमा संघका जिल्ला अध्यक्ष बिर बहादुर लामा, मुर्गिया इकाई समितिका दयाराम चौधरी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । रुद्रपुर इकाई समितिमा १३ जनाको कार्य समिति हुने भएपनि अधिबेशनबाट ११ जना निर्वाचित गरेको छ भने निर्वाचित कार्य समितिको पहिलो बैठकले थप २ जना सदस्यहरु मनोनित गर्ने संघले जनाएको छ।

रुद्रपुर इकाई समितिका निवर्तमान उपाध्यक्ष शसी गोतामेको स्वाथत तथा सचिव गन बहादुर थापाको संचालनमा सम्पन्न अधिबेशन संघको इकाई कार्यलय कञ्चन ४ शिवालयचौकमा भएको थियो ।

पछिल्लो अपडेट