ताजा अपडेट »

लुम्बिनीमा ५० हजार राशीको पर्यटन पत्रकारिता पुरस्कार

बुधबार, १९ फागुन २०७७, १७ : १९
4 Shares

भैरहवा । लुम्बिनी प्रेस क्लवले पर्यटन पत्रकारिता पुरस्कार-२०७७ प्रदान गर्नका लागि मुल्यांकन समितिको बैठक प्रथम चरणमा बसेको छ । पत्रकार नारायण सापकोटाले आफ्नी आमाको सम्झनामा स्थापना गरेको भुवन कुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार लुम्बिनी क्षेत्रमा रहेर पर्यटन क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई प्रदान गर्नका लागि बिभिन्न मापदण्ड बनाई ५० हजार राशीको पुरस्कार प्रदान गरिने मुल्यांकन समितिका संयोजक कुलमणि ज्ञवालीले बताए ।

लुम्बिनी प्रेस क्लवले कुलमणि ज्ञवालीको संयोजकत्वमा, पुरस्कार संस्थापक नारायण सापकोटा र कार्यसमिति सदस्य शशि पन्थीको प्रथम बैठकबाट पर्यटन विज्ञलाई समेत बैठकको सदस्य पदमा मनोनित गरि मुल्यांकनका चरणहरु सुरु गर्न पत्राचार गरेको लुम्बिनी प्रेस क्लवका अध्यक्ष नरेश केसीले बताए । जस अनुसार समितिको प्रथम बैठकले मुल्यांकन समितिमा २ जना सदस्यहरु पर्यटन बिज्ञकारुपमा लुम्बिनी बौद्ध विश्वविद्यालयका निर्देशक प्रा.डा.गितु गिरी र पर्यटन कार्यालय बेलहियाका प्रमुखलाई मनोनित गरि ५ सदस्यीय मुल्यांकन समितिको बैठक आवश्यकता बमोजिम बस्ने मुल्यांकन समितिका संयोजक कुलमणि ज्ञवालीले बताए ।

भुवन कुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार २०७७ छनौटका लागि यस क्षेत्रका पत्रकारहरुलाई आह्वान गर्ने र पुरस्कार छनौटका लागि लुम्बिनी प्रेस क्लव रुपन्देही भुवन कुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार २०७५ नियमावलिमा उल्लेख भएको ब्यवस्था अनुसार गर्ने मुल्यांकन समितिका सदस्य तथा लुम्बिनी प्रेस क्लवका सल्लाहकार कुलमणि ज्ञवालीले बताए । पत्रकारिता पुरस्कार दिनका मुल्यांकन समितिले लुम्बिनी, तिलौराकोट, रामग्राम, देवदह, निग्लीहवा, गोटिहवा, कुदान लगायत लुम्बिनी क्षेत्रको पर्यटन प्रबद्र्धन हुने बिषय बस्तु हुनुपर्ने छ । लेख, रचना, फिचर, रिर्पोटिङहरु खोज अनुसन्धान मुलक हुनुपर्ने मुल्यांकन समितिले निर्णय गरेको छ।

त्यसैगरि कला, संस्कृति झल्कीने, नयाँ पर्यटकिय गन्तब्य पहिचान हुने ऐतिहासिक, पुरातात्वीक तथा सांस्कृतिक महत्व बोकेका बिषयवस्तु समेटेर प्रकाशन प्रशारण भएका ५।५ वटा लेख, रचना, फिचर वा रिर्पोटिङलाई मुल्यांकनमा समावेश गरिने पुरस्कार संस्थापक तथा लुम्बिनी प्रेस क्लवका सल्लाहकार नारायण प्रसाद सापकोटाले बताए । पूर्वजहरुको स्मृतिमा यस्तै किसिमका पुरस्कारहरु अन्य ब्यक्तिहरुले पनि स्थापना गरेमा पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने सापकोटाले बताए ।

मुल्यांकन समितिले विवादित विषयवस्तु, आक्षेप लगाएका विषयवस्तु मुल्यांकनमा समावेश नगर्ने, २०७७ कार्तिक १ गते देखि २०७८ भदौ १५ गते सम्म प्रकाशन तथा प्रसारण भएका विषयवस्तुलाई मात्र मुल्यांकनमा समावेश गरिने निर्णय गरिएको, अन्य कुराहरु भुवन कुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार नियमावलि २०७५ अनुसार हुने मुल्यांकन समितिका सदस्य शशि पन्थीले बताए ।

भुवन कुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार लुम्बिनी प्रेस क्लवको आयोजनामा प्रत्येक वर्ष असोज २२ गते कार्यक्रम आयोजना गरि पुरस्कार बितरण गरिने लुम्बिनी प्रेस क्लवका अध्यक्ष नरेश केसीले बताए । हाल सम्म यो पुरस्कार पुरस्कार कान्तिपुर दैनिकका लुम्बिनी प्रदेश ब्युरो प्रमुख दिपेन्द्र बडुवालले पाइसकेका छन् ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा