ताजा अपडेट »

नेकपा एकता अभियानका पक्षमा गैँडाकोटमा कमिटी

बुधबार, १९ फागुन २०७७, १४ : १५
4 Shares

नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भएपछि अर्को एक समूहले मध्यमार्गी बाटो अपनाउँदै राष्ट्रिय एकतामा जोड दिएको छ । मङ्गलबार गैँडाकोटमा भेला भएका अभियानका केन्द्रीय सदस्य यदु सिग्देललगायत नेकपाका नेताहरुले कम्युनिष्ट पार्टी एक हुनुपर्ने बताए ।

सो अवसरमा मध्यमार्गी वामदेव गौतम समूहका पक्षमा गैँडाकोटमा १७ सदस्यीय नगरस्तरीय कमिटी गठन गरिएको छ । नेकपा राष्ट्रिय एकता अभियानका संयोजकमा बाबुराम खनाल र सचिवमा नेत्रप्रसाद अधिकारीलाई चयन गरिएको हो । झलककाजी पौडेलका अध्यक्षतामा भएको कार्यक्रममा नेकपा राष्ट्रिय एकता अभियान केन्द्रीय कार्यसम्पादन कमिटी सदस्य एवं नवलपुर जिल्ला इञ्चार्ज दुर्गा भण्डारीले पार्टी विखण्डन आफूहरुलाई स्वीकार्य नहुने जनाउँदै सबै कम्युनिष्टबीच एकता हुनुपर्ने बताए ।

एकता पक्षको जिल्ला कमिटी आज गठन गरिने जनाइएको छ । यसअघि जिल्लाका कावासोती र मध्यविन्दु नगरपालिकामा समेत अभियानअन्तर्गत एकता अभियानको कमिटी गठन भइसकेको छ ।

रासस
लेखकको बारेमा
रासस