ताजा अपडेट »

जीआर क्रिकेट क्लबको नयाँ जर्सी सार्वजनिक

बुधबार, १९ फागुन २०७७, ०८ : १३
4 Shares

बुटवल । भैरवहामा जारी नेपाल टेलिकम (एनटिसी) रुपन्देही सुपर लीगमा सहभागी जीआर क्रिकेट क्लब टिमको जर्सी अनावरण भएको छ ।

टिमका लागि बुटवलको मिलनचोकमा अवस्थित ईडिआई ग्लोबल एजुकेशनले सौजन्य गरेको हो । ग्लोबल एजुकेसनले क्लबका कप्तान धीरज साहीलाई जर्सी हस्तान्तरणगर्दै अनावरण गरिएको थियो । यसैगरी क्लबका प्रशिक्षकसहितका खेलाडीहरुलाई जर्सी प्रदान गरिएको छ । सो अवसरमा बोल्दै एजुकेसनका कन्ट्रि डिरेक्टर सुरज पुरीले क्रिकेट खेल आफूले सधै मन पराएको र यसको विकासका लागि सधै सहयोग गर्न तयार रहेको बताए ।

संस्थाका लागि मार्केटिङ्ग हेड कमल ज्ञवालीले आगामी दिनहरुमा समेत क्लबसँग सहकार्य गरी अगाडी बढ्ने प्रतिवद्धता जनाए । यस्तै बुटवल शाखा निर्देशक टंक पन्थीले संस्थाले दिने सेवा सुविधा बारे जानकारी गराएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।