ताजा अपडेट »

सुमन ढकालको ‘चक्चके माया’ बजारमा

बुधबार, १९ फागुन २०७७, ११ : ४०
8 Shares

बुटवल । बजारमा नयाँ लोक तथा दोहोरी गीतहरु आउने क्रम जारीनै छन् । धेरै समय अघिबाटै सांगितिक यात्रा गर्दै अगाडी बढिरहेका लोकप्रिय सर्जक एवम् गीतकार सुमन ढकालको नयाँ गीत “चक्चके माया” बजारमा सार्बजनिक भएको छ ।

बिक्रम क्षेत्री, ओम सेन्चुरी, नरेन्द्र टमट्टा र गायिका मेनुका परियारको आवाजमा रहेको गीतलाई रोशन परियारले लय गरेका हुन् भने सुमन ढकालले शब्द कोरेका हुन् । गीत फरक शैलीमा बनेको छ । दोहोरी पाटोमा अहिले बजारमा मौलिक गीतहरुले ठाँउ पाउदै आएका छन् । फुल बसाको चक्चके मायाले कति हसाको गीतमा दम छ चक्चके बोलको भाकामा हासो माया यस्तै मिठा खालको शब्द चयन गरिएको पाइएको छ ।

तेजेन्द्र गौतम, टिका सानु, रविना वसेल, प्रेम खड्का, हरी बिडारी र कृष्ण परियारको दमदार अभिनय रहेको म्युजिक भिडियोलाइ दिपक गिरिले छायांकन विकास ज्ञवालीले सम्पादनरकलर गरेका छन् भने निशान एस केले निर्देशन गरेका छन् । भिडियो मेशना म्युजिकको युटुव च्यानलबाट आज देशभर सार्वजनिक भएको छ ।

https://www.youtube.com/watch?v=08AmauAiwk4&feature=emb_title
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।