ताजा अपडेट »

सरकार र विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकियो

बुधबार, १९ फागुन २०७७, ११ : १०
6 Shares

काठमाडौँ । सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको छ । वार्तामा दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा आजको बैठक सकिएको बताइएको छ ।

दुवै वार्ता टोली मंगलबार गठन भएका थिए । विप्लव समूहले प्रतिबन्ध फुकुवा हुनुपर्ने, पक्राउ परका आफ्ना नेता कार्यकर्ता रिहा हुनुपर्ने लगायतका माग अघि सारेको छ । सरकारले हिंसात्मक तथा आतंककारी गतिविधि गरेको भनी २०७५ फागुन २८ गते विप्लव समूहलाई प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि विप्लव समूहका झण्डै दुई हजार बढी नेता कार्यकर्ता पक्राउ परेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।