ताजा अपडेट »

सैनामैनामा शुक्रबारदेखि बी लेबल ब्याडमिन्टन

बुधबार, १९ फागुन २०७७, ०९ : ५४
4 Shares

बुटवल । रुपन्देहीको सैनामैनामा प्रथम मेयरकप बि लेबल व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । सैनामैना नगरपालिकाको आर्थिक सहयोग तथा दुधराक्ष युवा क्लबको आयोजनामा शुक्रबारदेखि प्रतियोगिता हुने भएको हो ।

सैनामैना-६ दुधराक्ष ब्याडमिन्टन क्लबको कोर्टमा आयोजना हुने मेन्स डबल्स प्रतियोगितामा ३० समुहको सहभागिता रहने भएको छ । प्रतियोगिताको विजेताले ५५ हजार ५५५ नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उप विजेताले ३३ हजार ३३३ रुपैयाँ नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने तृतीय हुने दुई समुहलाई ११ हजार १११ रुपैया प्रदान गरिने आयोजक क्लबका अध्यो पलम पाण्डेले जानकारी दिए ।

सैनामैना नगरपालिकाको २ लाख ५० हजार आर्थिक सहयोग रहेको प्रतियोगिता सम्पन्न गर्नका लागि करिब ४ लाख खर्च अनुमान गरिएको छ । प्रतियोगिता आयोजनाका लागि विभिन्न व्यक्ति तथा संस्थाहरुसँग सहयोग संकलन गरि बचत भएको रकम स्थानीय रामापुर माविमा छात्रावृत्तिका लागि अक्षकोष स्थापना गरिने खेल संयोजक पदम पाण्डेले जानकारी दिए । अक्षकोषबाट हरेक वर्ष विद्यालयमा अध्यनरत गरिब तथा जेहन्दार विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरिने उनले बताए ।

प्रतियोगिता बारे जानकारी गराउन बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख चित्रबहादुर कार्कीले सैनामैनामा खेलकुदको विकासका लागि आवश्यक बजेटको व्यवस्ता गरेको बताए । खेलकुदको क्षेत्रमा बजेट व्यवस्था गरिएपनि नगर खेलकुद विकास समिति निर्माण हुन बाँकी रहेकाले व्यवस्थित नदेखिएको स्वीकार गरे । छिट्टै नगर खेलकुद विकास समिति गठनको प्रक्रियामा रहेको बताउदै कार्कीले आवश्यक सुझावको समेत अपेक्षा गरे । कार्यक्रममा प्रतियोगिताको जर्सि तथा कप मेडल सार्वजनिक गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।