ताजा अपडेट »

रेसुङ्गा क्षेत्रमा फुलेनन् लालीगुराँस

मंगलबार, १८ फागुन २०७७, १५ : ४३
24 Shares

गुल्मी । यतिबेला गुल्मी जिल्लाको रेसुङ्गा क्षेत्रमा लालीगुराँस फुलेर रमणिय स्थल बन्ने समय हो । तर यस वर्ष लालीगुराँस फुल्ने मौसम सूरु भए पनि गुराँस नफुल्दा घुम्न आउने पर्यटकहरुको चहलपहल पनि छैन् । प्रसिद्ध धार्मिक, ऐतिहासिक एबम् पर्यटकीय स्थल रेसुङ्गामा अहिले गुराँस नफुलेकाले पनि चहलपहल नभएको हो ।

जिल्लाको रेसुङ्गा क्षेत्रको वनैभरि राताम्य फुलेका गुराँससँग रमाउन र फोटो खिचाउन जाने गर्नाले चहलपहल बढिने गर्दथ्यो । तर यसवर्ष गुरास फूल्नेसमयमा पनि गुराँस नफुल्दा रेसुङ्गा क्षेत्र सुनसान बनेको छ । फागुन, चैत महीनामा गुराँस फुल्ने समयमा पनि गुराँस नफुल्दा चहलपहल पनि नहुने गरेको हो । धार्मिक तथा पर्यटकीय महत्वसँग जोडिएको रेसुङ्गामा लालीगुराँसका कारण पनि निकै प्रख्यात मानिथ्यो । रेसुङ्गा क्षेत्रमा ठूला र सुक्न लागेका लालि गुराँसका बोटहरुमा भएकाले पनि फुल्न छोडेका छन् ।

भएका बोटहरु सुक्दै जाँदै गर्नु र नयाँ बोटहरु बारे चासो नदिनुले पनि लालिगुराँसमा संरक्षणको अभाव खडकीएको छ । यो समयमा लालिगुराँस फुलेर रातम्मे बन्ने रेसुङ्गा क्षेत्र उराठिलो देखिएको छ । यस वर्ष हिउदमा पानी नपरेकाले लालिगुराँस कम फुलेको रेसुङ्गा संरक्षण समितिका सदस्य कृष्णप्रसाद पन्थीले बताए । यसवर्ष फूलेका लालिगुराँस पनि साना कोपिलाहरु रहेको पन्थीले बताए । रेसुङ्गा क्षेत्रमा कति प्रकारका लालिगुराँसहरु छन् भन्ने तथ्याङ्क नभएको पन्थीको भनाई छ ।

रेसुङ्गा क्षेत्रमा भौगोलिक उचाइगत विविधताले ठूलो घना जंगल रहेको यस क्षेत्रमा कालो ऐसेलु, मजिठो, सतुवा, नागबेली सहित १ सय ६१ प्रजातिका जडीबुटिहरु रहेको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो समय जलवायु परिवर्तनको प्रभावले पनि लालीगुराँस लगायतका अन्य क्षेत्रमा परेको असरले मौसम अगावै र पछि फुल्ने गर्नाले प्रभाव पर्दै जान थालेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।