ताजा अपडेट »

कोराेनाका ७३ जना नयाँ संक्रमित थपिए, ६४ जना निको

सोमबार, १७ फागुन २०७७, १७ : ०८
2 Shares

काठमाडौं। विगत २४ घण्टामा नेपालमा कोराेना भाइरसका ७३ जना नयाँ संक्रमित थपिएका छन् भने ६४ जनामा सक्रमित निको भएका छन् । सो अवधिमा तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे गरेकाे अद्यावधिकमा नेपालमा अहिलेसम्म दुई लाख ७४ हजार २१६ पुगेको जनाएको छ । हालसम्म दुई लाख ७० हजार ४७१ जना निकाे भएका छन् । नेपालमा अहिलेसम्ममा ९८ दशमलब ६ प्रतिशत निको भएको छन् ।

हाल ९६८ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले उल्लेख गरेको छ । ९६८ जना आइसोलेशनमा र ६१ जना क्वारेन्टिनमा छन् । हालसम्म कोरोना सङ्क्रमणे मृत्यु हुनेको संख्या दुई हजार ७७७ पुगेको मन्त्रालयले उल्लेख गरेको छ । 

रासस
लेखकको बारेमा
रासस