ताजा अपडेट »

नवलपरासीमा बाख्रासहित लाखौँको अबैध मालसामान बरामद

सोमबार, १७ फागुन २०७७, १७ : ०४
4 Shares

नवलपरासी । पश्चिम नवलपरासीको विभिन्न स्थानबाट प्रहरीले एक लाख बढीको ६ वटा बाख्रासहित अबैध मालसामान बरामद गरेको छ । जिल्लाको बर्दघाट नगरपालिका र पाल्हीनन्दन गाउँपालिकाबाट एक लाख ७६ हजारा मूल्य बराबरको बाख्रा सहित अवैध मालसमान बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए।

भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवैध ६ वटा बाख्रा सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको टोलीले पाल्हीनन्दन १ बाट बरामद गरेको छ । बरामद गरीएका बाख्रा ५४ हजरा मुल्य बराबरको रहेको छ । यस्तै ईलाका प्रहरी कार्यालय अमानिगँजबाट खटिएको प्रहरी टोलीले पिकअप गाडीको गियर २ वटा र हरापत्ता सरफ १०२ किलोग्राम पाल्हीनन्दन २ भक्सीपुबाट बरामद गरेको छ । बरामद गरीएका उक्त सामान ५८ हजार ९ सय ७६ मुल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।


यस्तै, जिल्लाको बर्दघाट नगरपालिका–४ त्रिवेणी चोकबाट ६४ हजार मुल्य बराबरको अवैध सामान ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले बरामद गरेको छ । बरामद २ बोरामा ६४ सेट कुर्था सुरवालको कपडा रहेको छ । बरामद गरीएका सबै सामान आवश्यक कारवाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।