ताजा अपडेट »

प्रचण्ड-नेपाल पक्षले स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने

सोमबार, १७ फागुन २०७७, ११ : २८
14 Shares

काठमाडौँ । प्रचण्ड–नेपाल पक्षको नेकपाले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । सोमबार बिहान सिंहदरबाररस्थित संसदीय दलको कार्यालयमा बसेको सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

बैठक बोलाउने भनिए पनि मिति भने नतोकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्तावबाट हटाएर नयाँ सरकार गठनको प्रयासमा रहेको प्रचण्ड-नेपाल पक्षले आन्तरिक छलफललाई तीव्र पारेको छ ।

संसद् पुनस्र्थापना भएसँगै संसद् बैठकको मिति नजिकिँदै गएको छ । सरकारले २३ फागुनमा बैठक बोलाउन सिफारिस गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।