२० माघ २०७९, शुक्रबार

Feb 3, 2023

काठमाडौँ । नेपाल बार एशोसिएशनले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सर्वोच्च अदाललते गरिसकेको हुनाले राजनीतिक दलले संवैधानिक नैतिकता देखाएर मुलुकलाई राजनीतिक निकास र स्थिरतता प्रदान गर्न आग्रह गरेको छ । बार एशोसिएशनको वार्षिक साधारणसभा तथा ४७औँ केन्द्रीय कार्यकारिणी परिषद्को यही फागुन १४ र १५ गते सम्पन्न भएको बैठकले जारी गरेको नौ बुँदे घोषणापत्रमा मुलुकलाई राजनीतिक निकास दिन आग्रह गरिएको हो ।

नेपालको संविधानको धारा ११४ ले सङ्घीय संसदको दुबै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही सुधार गर्न आवश्यक परेमा मात्र अध्यादेश जारी गर्न सकिने व्यवस्था गरेको उल्लेख गर्दै जुनसुकै समय र अवस्थामा त्यसको प्रयोग नगर्न घोषणापत्रमा भनिएको छ । घोषणापत्रमा संसदीय सुनुवाइबिना नै संवैधानिक निकायका पदाधिकारी नियुक्त गरिनु संविधानको मर्म र भावना विपरीत भएको जनाएको छ ।

नेपालको संविधानको धारा २९२ मा संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने संवैधानिक निकायका पदाधिकारीको नियुक्ति हुनुपूर्व संसदीय सुनुवाइ हुनु पर्ने व्यवस्था गरेको र संसदीय सुनुवाइबिनै गरिएको नियुक्ति संविधानको भावना र मर्मत विपरीत भएको घोषणापत्रमा भनिएको छ । गत मङ्सिर ३० गते संवैधानिक परिषद्ले संवैधानिक आयोगका पदाधिकारी नियुक्ति सिफारिस गरेको थियो । संसद् विघटनको समयमा ४५ दिनसम्म संसदीय सुनुवाइ हुन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सिफारिस आयोगका पदाधिकारीलार्ई नियुक्ति दिएका थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा हुने राम कथा ३ दिन पछि सर्यो : माघ २४ देखि प्रवचन, २१ गतेदेखि नै भण्डारा विरगाथाका सदस्यलाई सहकारी शिक्षा शहकारी सञ्चालकको मनपरीले बचतकर्ताको रकम जोखिममा वाट्सएपमा ‘नेपाली केटी’ एपको प्रयोग गरी लाखौ रकम ठगी गर्ने ८ जना पक्राउ माधव नेपाललाई भेट्न नारायणकाजी श्रेष्ठ एकीकृत समाजवादीको कार्यालयमा देशको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ : प्रधानमन्त्री लुम्बिनीबाट कुशिनगरसम्म बौद्धपरिपथ साईकल यात्रा शुरु बढ्दैछन् लागूऔषध दुर्व्यसनी शनिबार रुपन्देहीको तिलोत्तमामा रोटरीका सदस्य बीच ब्याडमिन्टन नेपाल एयरलाइन्सका टिकट अनलाइनबाटै काट्न सकिने शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री श्रममन्त्री अर्याल र मलेसियाका गृहमन्त्री नासुसनबीच भेटवार्ता गण्डकी प्रदेशसभाबाट दुईवटा अध्यादेश पारित पठान सफल हुँदा आमिर खान विस्थापित ! बैंकको चर्को ब्याजले बिस्थापित हुने अवस्थामा पुगेको ईट्टा व्यवसायीको चिन्ता कपिलवस्तुमा २१ लाखसहित तीन जना पक्राउ गाडी चलाउँदा चलाउँदै घनश्याम भुसाल बेहोस, सिभिल अस्पतालमा भर्ना सन्दीप लामिछानेविरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन सर्वाेच्चको आदेश हेमन्त कान्छाको पिरतीमा विजय, निशा र चाहना सन्दिप लामिछानेलाई राष्ट्रिय टिममा राखेको विरोधमा सामाजिक सञ्जालमा