१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

काठमाडौँ। कोरोना भाइरसको महामारीका कारण धेरै व्यवसाय धराशायी भए । कुनै उठ्नै नसक्ने गरी डुबे । कुनै घाटा खाएरै जसोतसो चल्दै छन् तर विदेशमा श्रम गरेर फर्किएका युवाले शुरु गरेको विरयानी अड्डा बन्दाबन्दीमै फस्टाएको छ ।

Advertisement

मध्यबानेश्वरमा गत वर्ष फागुन १५ गते शुरु गरेको विरयानी अड्डा एक महिना नपुग्दै कोरोना भाइरसका कारण सरकारले लगाएको बन्दाबन्दीमा पर्यो तर बन्दाबन्दीमै होम डेलिभरी शुरु गरेर ग्राहकको मन जित्दै अघि बढ्यो । एकवर्षकै बीचमा अहिले ग्राहकबीच निकै लोकप्रिय बनेको छ । बालुवाटार भएका भई मध्यबानेश्वरमा पुस्तकालय चलाउने उत्सव कडेललाई विरयानी अड्डाको वियरानी खुब स्वादिलो लाग्छ । “सर्भिस राम्रो छ, विरयानीमा नयाँ स्वाद छ, रियल टेष्ट छ, सुपथ मूल्यमा खान पाइन्छ”, उनले भने, “यहाँ वास्तविक विरयानीको स्वाद पाइन्छ, म नियमित आउने ग्राहक हुँ, मैले सोचेजस्तो खान पाएको छु ।”

विरयानी भन्ने बित्तिकै मुसलमान जातीको खानाको परिकार हो भन्ने आम बुझाइ रहेको छ । आजभोलि नेपालीले पनि यसको स्वादमा मज्जा लिन थालेका छन् । मुस्लिम समुदायकी डा नुरसवालाई आजभोलि नेपालीले पनि आफ्नो परिकार आएकोमा राम्रो छ । विराटनगर घर भई हाल पुरानो बानेश्वमा तीन महिनादेखि बस्दै आएकी नुरसवाले थपीन्यो, “मुस्लिमको खास खाना हो, यहाँ चाँहि हामीले बनाउनेजस्तै छ, मीठो र राम्रो छ ।” उनलाई माटाको मट्कामा बाटाएको विरयानी आफ्नै घरमा बनाएझैँ लाग्छ ।

सिभिल इन्जिनियर सन्दीप रेग्मीको एक वर्षदेखि मनपर्ने खाना नै विरयानी बनेको छ । “विरयानी निकै राम्रो र स्वादिलो छ, सधैँ आउँछु, नजिकै पनि छ ।” थापागाउँ १० बस्ने रेग्मीलाई मनपर्ने खानाको परिकार विरयानी हो । सुपथ मूल्यमा गुणस्तरीयता कायम हुँदा उनको मन तानिएको छ । “अन्त जादा २५ प्रतिशत नै बढी खर्च लाग्छ, यहाँ सुपथ र गुणस्तर दुवै छ ।”

विरयानी अड्डा विदेशमा लामो समय काम गरेर नेपालमै फर्किएर काम शुरु गरेको युवा राजन खनाल, रविन पाण्डे, सुदर्शन पौडेल र नवराज कार्कीले शुरु गरेका हुन् । विरयानी अड्डा निर्देशक खनालले बन्दाबन्दीले नै विरयानी अड्डाको लोकप्रियता बढेको अनुभव सुनाउँछन् । “शुरु गर्ने बित्तिकै बन्दाबन्दी शुरु भयो, डर पनि लागेको थियो, लगानी डुब्ने भयो भनेर तर हाम्रो विरयानी बजारमा बैष्ट सेलभित्रै पर्यो ।”

विपद् कहिलेकाही अवसर ल्याउँछ भनेजस्तै यो विरयानी ब्रान्डलाई स्थापित बन्दाबन्दीले गर्यो । बन्दाबन्दीमा धेरैको घरघरमा विरयानी पुग्यो र लोकप्रिय खाना बन्दै गयो । जसले गर्दा विदेशमा पसिना चुहाएका नेपाली युवालाई नेपालमा पनि केही सकिन्छ भन्ने आँट पलाएको छ । चिकेन विरयानी एकल रु ३७५, दुई जना रु ६९९ र परिवार चारजना रु एक हजार १९९ रहेको छ । निर्देशक खनालका अनुसार गुणस्तरी, सुपथ मूल्य, सेवाग्रहीको स्वास्थ्यलाई ध्यान दिएर व्यवसाय शुरु भएको छ । “मुनाफा कमाउने तिर लागेका छैनाँै, ब्राण्ड स्थापित भयो, त्यसैमा खुशी छौँ ।”

आफ्नो जीवनको १६ वर्ष दुवई, युरोपका विभिन्न देशमा काम गरेर नेपालमा आएर विरयानी अड्डा खनालले शुरु गरेका हुन् । “विदेशमा १६ वर्ष यही काम गरे, त्यो अनुभव मैले यहाँ प्रयोग गरे” निर्देशक खनालले थपे, “ गर्यो भने हुने रैछ भन्ने आँट आएको छ ।” विरयानी अड्डा २० वटा ठाउँमा खोल्ने योजना यो समूहको छ । निर्देशक खनाललका अनुसार अष्ट्रेलियाको सिडनी र बेलायतको लण्डनमा खोज्ने तयारी छ । गत वर्ष रु ८० लाखको लगानीमा मध्यबानेश्वर, १० काठमाडौँमा विरयानी अडा शुरु भएको थियो । बन्दाबन्दीको बीचमै बालुवाटारमा खोखिएको छ । अब वसुन्धरा र चाबहिलमा पनि खोज्ने तयारी छ । गत वर्ष तत्कालीन महिला, बालबालिका तथा समाजकल्याण तथा वर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विदेशमा बसेर सिकेको सीप नेपालमा लगानी गर्न प्रोत्साहन गर्दै उद्घाटन समारोहमा युवालाई स्वदेशमै राजगारीको र्सिजना र वातावरणमा बनाउन सरकार लागि परेको बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड