१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

काठमाडौँ। नेपाल हस्तकला महासङ्घ, महिला उद्यमी विकास समितिको आयोजनामा महिला हस्तकला मेला हुने भएको छ ।

महिला हस्तकला उद्यमीबाट निर्माण गरिएको हस्तकलाका सामग्रीलाई प्रचारप्रसार गर्नका लागि आगामी फागुन २२ देखि २४ सम्म महिला हस्तकला मेला आयोजना हुन लागेको हो । ललितपुरमा हुन लागेको उक्त मेलामा फेल्ट, उनी, काठ, पोते, पश्मिना, ढाकाका कपडा, नेचुरल फाइवर, सिल्भर, ज्वेलरी, स्वीटर कटनलगायतका सामग्री प्रदर्शनमा राखिने महिला उद्यमी विकास समितिकी संयोजक सवितासिंह महर्जनले राससलाई जानकारी दिए ।

उक्त मेलालाई ललितपुर महानगरपालिका, ललितपुर हस्तकला सङ्घको सहयोग रहेको छ । मेलामा काठमाडौँ उपत्यकाका महिला उद्यमीले निर्माण गरेका हस्तकलाका सामाग्री प्रदर्शनमा राखिने महासङ्घले जनाएको छ । मेलामा ५० भन्दा बढी कक्ष रहनेछन् । यस्तै, नेपाल हस्तकला महासङ्घको आयोजनामा विसं २०७८ वैशाख ९ देखि १३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हस्तकला मेला आयोजना हुन लागेको छ । नेपालको हस्तकला विश्वमाझ चिनाउनका लागि हरेक वर्ष आयोजना हुने उक्त मेला विसं २०७७ मा कोरोना सङ्क्रमणका कारण रोकिएको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड सरकारमा बसेकाहरूप्रति चरम निराशा हुँदा आत्मदाहको घटना : नैनसिंह महर बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, ४ सय घरमा क्षति माया खोला हाइड्रोपावरकाे आईपीओ खुला श्रीधर र शान्तिको ‘कपालै कोरीमा’ सार्वजनिक एकैदिन तोलामा ११ सयले घट्यो सुनको मूल्य तिलोत्तमामा वासेबल प्याड बनाउने तालिम गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सुरु, आज नै निर्णय आउने सम्भावना सिरहामा वन कर्मचारीकै मिलोमतोमा काठ तस्करी लोकदोहोरी गायक भीम पौडेलको निधन जापानी मेयरलाई चिन्डो उपहार ग्याङ्स अफ वासेपुरलाई किन बिर्सन चाहन्छन् अनुराग अनेरास्ववियूले जलायो शिक्षामन्त्रीको पुत्ला आजकाे हरियो तरकारी र फलफूलको मूल्य राष्ट्रपति चयनमा पनि कांग्रेस पराजित हुन्छ: एमाले प्रचार विभाग उपप्रमुख रिजाल मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु राष्ट्रिय सभाको बैठक बस्दै