७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

भैरहवा । रुपन्देहीको भैरहवामा स्थानीयले ट्राफिक प्रहरीलाई घर उपहार दिएका छन् । यस अघि कहिले राजमार्गको पूर्व त कहिले पश्चिम बिभिन्न भाडाका घरमा अप्ठ्यारोका साथ बस्दै आएका ट्राफिक प्रहरीलाई अब बसाईमा सहजता आउने भएको छ । वर्षौदेखी भाडाका घरमा बस्दै आएका ट्राफिक प्रहरीले घर पाएपछि सहज हुने भएको छ ।

Advertisement

प्रहरी र जनता बीच सकारात्मक सम्बन्धको प्रयास स्वरुप भैरहवाका उद्योगी एवम् ब्यवसायीको अग्रसरतामा जिल्ला ट्राफिक कार्यालय रुपन्देहीलाई अढाई तल्ले भवन हस्तान्तरण गरिएको छ । सिद्धार्थनगर नगरपालिका–९ गोलिगढमा नगरपालिकाको कार्यालयले उपलब्ध गराएको करिब २ कठ्ठा जग्गामा सरकारी सहयोग बिना नै डेढ करोड बढी लागतमा घर सम्पन्न गरि ट्राफिक प्रहरी कार्यालयलाई प्रदान गरिएको छ । अप्ठ्यारो माहौलमा प्रहरीले आफ्नो पूर्ण कार्यक्षमता प्रदर्शन गर्न नसक्ने ठान्दै प्रहरी र स्थानीयको सहकार्य स्वरुप उक्त भवन निर्माण गरिएको भवन निर्माण समितिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । उनले अब ब्यवसायी प्रहरीसित आतंकित नभई सहकार्यको भावनाले अगाडी बढेमात्र दुर्घटना न्यूनिकरण एवम् अपराध नियन्त्रणमा सहज हुने बताए ।

समितिका कोषाध्यक्ष मंगल भण्डारीले बिभिन्न दाताहरुबाट प्राप्त भएको १ करोड ५२ लाख बढी रकम मध्ये १ करोड ५१ लाख ३० हजार ९ सय लागतमा उक्त भवन तयार भएको बताए । अढाई तल्ले भवनको पहिलो भुईतल्लामा कार्यालय, प्रथम तल्लामा जुनीयर प्रहरी अधिकृत, प्रहरी हवल्दार र प्रहरी जवान ब्यारेक र पहिलो तल्लामा कार्यालय प्रमुखको आवास सहित अतिथि गृह लगायतको संरचना निर्माण गरिएको जानकारी दिए ।

निर्माण समितिले आईतबार एक कार्यक्रमको आयोजना गरि उक्त भवन प्रहरीलाई हस्तान्तरण गरेको हो । भवन उद्घाटन नेपाल प्रहरीका प्रहरी महानिरिक्षक शैलेश थापाले गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै थापाले उद्यमी व्यवसायीको सक्रियता एवं जनसहभागितामा निर्मित नयाँ र आधुुनिक भवन सौजन्य पाएकाले भवनबाट दिनु पर्ने सेवा पनि आधुनिक र नयाँ हुनुपर्ने बताए । उनले नेपाल प्रहरीले पछिल्लो तीन वर्षमा मात्रै झण्डै ५ सय २० रोपनी जग्गा प्राप्त भएको बताए । यसले नै नेपाल प्रहरीप्रति नेपाली जनताको सहयोगको भावना कति छ भन्ने स्पष्ट रहेको उनको तर्क छ ।

यस्तै सोही कार्यक्रममा बोल्दै उनले नेपाल प्रहरीलाई सबैभन्दा बढी आरोप लाग्ने विषय प्रहरीको रुखो ब्यवहार भएकोले प्रहरीलाई नम्र भएर काम गर्न निर्देशन दिए । “नम्र हुनु भनेको कमजोर हुनु हैन, कमजोर मान्छेले कडा कुरा गर्छ, असल मान्छेले राम्रो काम गर्छ त्यसैले तपाई सेतो टोपी लगाएकाहरु नम्र भएर काम गर्न निर्देशन दिन्छु । असल हुनुस, विनम्र हुनुस तर कमजोर नहुनुस् ।”-थापाले भने ।

उनले यो शान्ती भुमि भएकोले यहाँ काबुलको जस्तो जताततै प्रहरी देखिनु आवश्यक नभएको बताए । “नागरिक नै प्रहरीको रुपमा सादा पोशाकमा उपस्थित हुनुहुन्छ र सुरक्षाको पहरेदारी गर्नुहुन्छ भने त्यो सबैभन्दा राम्रो सुरक्षा हो, प्रहरीको उपस्थिति नै नहुने भन्ने होइन ।” उनले भने ।
कार्यक्रममा भवन निर्माणमा सहयोग पुर्याउने बिभिन्न दाताहरुलाई सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने