ताजा अपडेट »

सुनिल ढुङ्गाना स्मृति कप क्रिकेट : तिलोत्तमा एकेडेमी र लुम्बिनी विजयी

आइतबार, १६ फागुन २०७७, २० : ३१
4 Shares

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आजदेखि सर्बोत्तम सिमेन्ट सुनिल ढुङ्गाना स्मृति कप टि-१० नक आउट क्रीकेट प्रतियोगिता शुरु भएको छ । उद्घाटन खेलमा तिलोत्तमा क्रीकेट एकेडेमी मणिग्राम विजयी भएको छ ।

तिलोत्तमाले सन्जिवनी शिक्षा सदनलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी शुरूवात गरेको हो । सन्जिवनिले दिएको ८५ रनको लक्ष तिलोत्तमाले ३ विकेटको क्षतिमा पूरा गरेको थियो । जितका लागि तिलोत्तमाका कृष्ण कार्किले सर्वाधिक ४३ रनको योगदान गरे । कार्की प्रतियोगिताको म्यान अफ दि म्याच घोषित भएको छन् । आजै हुने भनिएको दोस्रो खेलमा परासी पल्टन अनुपस्थित भएपछि लुम्बिनी नव युवा क्लब वाक ओभरमा विजयी भएको आयोजक तिलोत्तमा क्रीकेट बिकास समितिका अध्यक्ष दिपक शर्मा भुर्तेलले जानकारी दिए । यो संगै सन्जिवनी शिक्षा सदन र नवलपरासी पल्टन प्रतियोगिताबाट बाहिरिएका छन् ।

प्रतियोगिता अन्तरगत सोमबारको पहिलो खेलमा बुटवल युथ क्लव र आर.आर. चिलिया बीच प्रतिस्पर्धा हुने छ । सोमबार नै हुने दोस्रो खेलमा तिलोत्तमा वडा नम्बर १ र सैनामैना क्रीकेट क्लव भिड्ने आयोजकले जानकारी दियो ।

तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष दिपक शर्मा भुर्तेलको अध्यक्षता रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्लको प्रमुख आतिथ्यता र तिलोत्तमा क्रिकेट बिकास समितिका सह सचिव मिलन भण्डारीको संचालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगितामा बिभिन्न ८ टिमको सहभागिता रहेको खेल संयोजक कमल श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा विजेता टिमले एकलाख नगद पुरस्कार राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । उप विजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छ ।

यसैगरी विधागततर्फ म्यान अफ दि सिरिजले १० हजार, वेस्ट ब्याट्सम्यान, वेष्ट बलर तथा उदयमान खेलाडीले नगद ५/५ हजार पुरस्कार राशी प्राप्त गर्ने छन् भने हरेक खेलका म्यान अफ दि म्याचले हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । स्वर्गीय ढुङ्गानाको नाममा स्थापना हुने अक्षकोषको रकमबाट तिलोत्तमा नगर भित्रका विद्यालय स्तरका २ जना छात्र र एक छात्रा खेलाडीलाई छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।