ताजा अपडेट »

हजुरबुवाको भजन किर्तनबाट प्रभावित कलाकार श्रीधर

आइतबार, १६ फागुन २०७७, १९ : २०
6 Shares

नेपाली कलाकारिता क्षेत्रमा छोटो समयमानै आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकार हुन्, श्रीधर अधिकारी । २०५४ साल साउन ६ गते स्याङ्गजाको गल्याङ्ग नगरपालिका–११ कर्मचौरमा जन्मिएका अधिकारी परिवारको जेठो छोरा हुन् । अधिकारीले गाउँमै रहेको श्री गलकोट उच्च मा.वि.बाट एसएलसी र +२ उत्तिर्ण गरे । २०७२ सालमा स्नातक अध्ययनका लागि बुटवल आएका अधिकारी बुटवल-११ देवीनगरमा रहेको लुम्बिनी वाणिज्य क्याम्पसमा भर्ना भए । स्नातक उत्तिर्ण भएसँगै सोही क्याम्पसमा मास्टरमा भर्ना भएका उनी हाल द्रोसो सेमेस्टरमा अध्ययनरत रहेका छन् ।

हजुर बुवाले गाउने भजन कृतनदेखि प्रभावित भएका अधिकारी बाल्यकालदेखि नै नेता, कलाकार लगाएतको क्यारीकेचर गर्न भनेपछि भनेपछि हुरुक्कै हुन्थे । सानैदेखि ईष्टमित्र, साथीभाईहरू र परिवारबाट हौसला पाएका अधिकारी विद्यालय तथा अन्य विभिन्न कार्यक्रममा क्यारिकेचर गरेर सम्मानित हुन्थे । २०७३ सालमा बुटवलमा भएको औद्योगिक व्यापार मेलामा चर्चित कलाकार श्रीष देवकोटा, जीवन शर्मा, बद्री पङ्गेनी, रामजी खाँण, पशुपति शर्मा र वाचक दिन्नबन्धु पोखरेलको क्यारीकेचर गरेसँगै उनको क्रेज एकाएक बढ्यो । क्यारीकेचर गर्दा–गर्दै गित संगीतको नशा चढ्दै जाँदा जिन्दगीमा एउटा गीत त अवश्य रेकर्ड गर्छु भन्ने अठोट ल्याएका अधिकारी वास्तवमा गीत–संगीतको माध्यमबाट पनि सबैको मनमा बस्न सफल भए ।

२०७५ सालमा क्यारीकेचरसँगै नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेका अधिकारी उक्त वर्षमै आफ्नो पहिलो तीज गित सुन मायाले सुन’ भन्ने गित बजारमा ल्याएर औपचारिक रुपमा आफ्नो संगित र गायनको पनि प्रारम्भ गरेका अधिकारिको उक्त गीतको शब्द आफै सिजर्ना गरेका थिए भने विष्णु सिंजालीको लय रहेको गीतनै आम दर्शक स्रोताले रुचाएपछि स्रोताको हौसलाबाट अहिलेसम्म क्रमिक रुपमा गीतहरु बजारमा आइरहेका छन् । क्यारीकेचर, गित संगीतको क्षेत्रलाई विशेष प्राथमिकतामा राखी विभिन्न कार्यक्रम, मेला महोत्सवहरूमा सहभागी हुन थाले । आफूलाई अग्रज कलाकारहरू, ईष्टमित्र, साथीभाइहरू तथा घर-परिवारले दिएको प्रेरणाबाट नै आफू यो क्षेत्रमा यहाँसम्म आउन सफल भएको उनी बताउँछन् ।

हाल नेता, हाँस्यकलाकार, गायक लगायत ४० भन्दा बढीको क्यारीकेचर गर्न सक्छन् भने हालसम्म ८ वटा गित सार्वजनिक भएका छन् । ४ वटा गित रेकर्ड गराएको र अब बजारमा आउने तयारीमा रहेको उनी बताउँछन् । क्यारीकेचर गर्न र गीत-संगीतका लागि ३७ जिल्ला भन्दा बढी र पटक–पटक भारतमा गरी ५०० भन्दा बढी स्टेज कार्यक्रममा आफ्नो प्रस्तुती दिएको अधिकारी बताउँछन् । ख्याल ख्यालैमा पिरती, तिरैमा, लाली–जोबन, आमा, मनकी रानी, सोल्टिना, हावादारी सहित हालसम्म उनका ८ वटा गीत सार्वजनिक भएका छन् ।

अधिकारी भन्छन् ‘मोया नमार, लाम्नि होर माया, मेरो तस्वीर, भरछैन तिम्रो बोलीको, शितल चैतारी गरी ५ वटा गित रेकर्ड भइसकेका छन्, अब ती गीतहरु पनि छिट्टै बजारमा आउने तयारीमा छन् ।’ कलाकारितानै मुख्य आम्दानीको श्रोत र यसबाट सन्तुष्ट रहेको बताउने अधिकारी भन्छन् ‘कलाकारिता क्षेत्रमा लागेका कारण लाखौं श्रोेताहरूले चिन्नुभएको छ, मलाई यो क्षेत्रमा हजारौ दर्शकमहानुभावहरूले मेरा क्यारीकेचर र गीतहरु मन पराउनु भएको छ ।, मेरो यही नै सम्पती हो।’

पछिल्लो समय भने कोरोनाका कारण प्रभावित भएको उनले बताए । कोरोनाका कारण आर्थिक मात्रै नभई आफ्नो सांगीतिक यात्रामा पनि ठूलो क्षति पुगेको उनको दुखेसो छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण कार्यक्रमहरु नहुँदा विभिन्न समस्या झेल्नु परेको बताउँदै उनले भने ‘कलाकारिता बाहेक मेरो अन्य कुनै पेशा छैन । कोरोनाको कारण झण्डै ९ महिना लकडाउन हुँदा विभिन्न प्रकारका समस्या झेल्नु पर्यो ।’

बुटवलबाट औपचारिक रुपमा कलाकारिता पेशा अंगालेका अधिकारी अब भने काठमाडौँमा बसेर कलाकारित गर्ने सोँच बनाएका छन् । ‘बुटवलबाट कलाकारितालाई औपचारिक रुपमा सुरु गरेको थिएँ । म बुटवल बस्दा धेरै दर्शक श्रोताको माया र साथ पाएँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण कम भएसँगै काठमाडौँ बस्न सुरु गरेको छु ।’ उनले भने ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।