२० माघ २०७९, शुक्रबार

Feb 3, 2023

ढाका। बङ्लादेशमा आइतबार प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दर्जनौं घाइते भएका छन् ।प्रहरीले प्रदर्शनकारीहरुलाई रबरको गोली, अश्रुग्यास लगायत प्रहार गरेको थियो । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

Advertisement

चर्चित लेखक मुस्ताक अहमदको जेलमै मृत्यु भएपछि बङ्लादेशमा अधिकारवादी तथा विपक्षीहरु आन्दोलित भएका छन् । स्थानीय टेलिभिजनहरुले प्रदर्शन र झडपको प्रत्यक्ष प्रसारण गरेका थिए । झडपपछि आन्दोलनकारीहरु थप आक्रोसित भएको र घटनाको धेरैले विरोध गरेको देखाइएको छ ।
प्रहरीले भने प्रदर्शन निषेध गरिएको ठाउँमा प्रदर्शन गरिएकाले रोक्न खोज्दा झडप भएको बताएको छ ।

“उनीहरुलाई त्यहाँ प्रदर्शनका लागि अनुमति थिएन, अनुमति नहुँदा नहुँदै पनि प्रदर्शन गरेर नियमको उल्लङ्घन गरेकाले हामीले उनीहरुलाई रोकेका हौँ,” एक प्रहरी अधिकारीले भने ।विपक्षी दल बिएनपीका प्रवक्ता रिज्भी अहमदले आफ्नो पार्टीका मात्रै ३० जना घाइते भएको जानकारी दिए । घाइते हुनेमा बरिष्ठ नेताहरु समेत रहेको उनले बताए ।

प्रदर्शनमा ५०० भन्दा बढी सहभागी भएको अहमदले दावी गरे । प्रदर्शनकारीहरुले प्रेस क्लबमा मानवसाङ्लो बनाएका थिए ।प्रदर्शन ऐतिहासिक भएको दावी गर्दै प्रवक्ता अहमदले प्रदर्शनकारीमाथि भएको हस्तक्षेपले घटनामा सरकारी पक्ष नै संलग्न भएको हो की भन्ने आशंका उब्जाएको टिप्पणी गरे ।

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा हुने राम कथा ३ दिन पछि सर्यो : माघ २४ देखि प्रवचन, २१ गतेदेखि नै भण्डारा विरगाथाका सदस्यलाई सहकारी शिक्षा शहकारी सञ्चालकको मनपरीले बचतकर्ताको रकम जोखिममा वाट्सएपमा ‘नेपाली केटी’ एपको प्रयोग गरी लाखौ रकम ठगी गर्ने ८ जना पक्राउ माधव नेपाललाई भेट्न नारायणकाजी श्रेष्ठ एकीकृत समाजवादीको कार्यालयमा देशको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ : प्रधानमन्त्री लुम्बिनीबाट कुशिनगरसम्म बौद्धपरिपथ साईकल यात्रा शुरु बढ्दैछन् लागूऔषध दुर्व्यसनी शनिबार रुपन्देहीको तिलोत्तमामा रोटरीका सदस्य बीच ब्याडमिन्टन नेपाल एयरलाइन्सका टिकट अनलाइनबाटै काट्न सकिने शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री श्रममन्त्री अर्याल र मलेसियाका गृहमन्त्री नासुसनबीच भेटवार्ता गण्डकी प्रदेशसभाबाट दुईवटा अध्यादेश पारित पठान सफल हुँदा आमिर खान विस्थापित ! बैंकको चर्को ब्याजले बिस्थापित हुने अवस्थामा पुगेको ईट्टा व्यवसायीको चिन्ता कपिलवस्तुमा २१ लाखसहित तीन जना पक्राउ गाडी चलाउँदा चलाउँदै घनश्याम भुसाल बेहोस, सिभिल अस्पतालमा भर्ना सन्दीप लामिछानेविरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन सर्वाेच्चको आदेश हेमन्त कान्छाको पिरतीमा विजय, निशा र चाहना सन्दिप लामिछानेलाई राष्ट्रिय टिममा राखेको विरोधमा सामाजिक सञ्जालमा