१७ माघ २०७९, मंगलवार

Jan 31, 2023

काठमाण्डौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यात्रुको सुरक्षा एवं राष्ट्रिय तथा अन्तरराष्ट्रिय हवाई सुरक्षा मापदण्डका सन्दर्भमा आफू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । निगमले आज विज्ञप्तिमार्फत जहाज निर्माता कम्पनी फ्रान्सको एयरबससँग सुरक्षा परीक्षण भई उडान अनुमतिका आधारमा जहाज उडाइएको जनाएको छ ।

सन् २०२१ जनवरी ८ मा कतार, दोहाबाट काठमाण्डौं आएको आरए २४० नंको उडान काठमाण्डौं स्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा ‘हार्ड ल्याण्डिङ’ भएको विषय नियमित ‘फ्लाइट डेटा’ विश्लेषण कार्यक्रममार्फत यही फेब्रुअरी ९ मा पत्ता लगाइएको निगमले जनाएको छ । उडानमा संलग्न पाइलटले भर्नुपर्ने ‘म्याण्डेटोरी अकुरेन्सी रिपोर्ट’ (एमओआर) मार्फत जानकारी गराउनुपर्नेमा नगराइएको पाइएपछि सम्बन्धित पाइलटलाई तत्काल जानकारी माग गरी निजलाई यही फागुन १२ देखि उडान बन्देज लगाइएको निगमले जनाएको छ । सो घटनाका कारण जहाज उडान गर्न मिल्ने नमिल्ने यकिन गर्न जहाज निर्माता कम्पनी एयरबससँग पत्राचार गरी राय माग गर्दा १०० उडान चक्र अवतरण तथा दुई महिनासम्म उडान गर्न समस्या नहुने तर सो अवधिमा निश्चित जाँच गर्नुपर्ने भन्ने जानकारी प्राप्त भएको र सोहीअनुरुप जहाज नियमित उडानमा रहेको निगमले उल्लेख गरेको छ ।


अन्तरराष्ट्रिय हवाई सुरक्षा मापदण्ड तथा निगमको आफ्नै सुरक्षा व्यवस्थापन प्रणालीबमोजिम आन्तरिक सुरक्षा जाँचबुझ गर्न वरिष्ठ क्याप्टेन युवराजकुमार भट्टराईका संयोजकत्वमा क्याप्टेन विजय लामा, मनिषकुमार साह तथा डम्बर रावतसमेतको छानविन समिति फागुन ११ मै गठन भई कार्यारम्भ भइसकेको निगमले जनाएको छ । हवाई सुरक्षालाई दृष्टिगत गरी छानबिन समितिको प्रतिवेदनका आधारमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय हवाई सुरक्षा मापदण्डअनुरुप थप कारवाही अगाडि बढाइने निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताए । उनले भने,“आरए .२४० हार्ड ल्याण्डिङ सम्बन्धमा सम्बन्धित विभागले गम्भीरतापूर्वक अध्ययन गरिरहेको छ भने निगमको छानविन समितिले यसको प्राविधिक पक्ष र औचित्वका बारेमा गहन अध्ययन गरी निष्कर्षमा पुग्ने र आगामी निर्णयका लागि मार्गप्रशस्त हुनेछ ।” निगमको अन्तरराष्ट्रिय उडानका लागि दुई थान वाइड बडी ए ३३० र दुई थान न्यारो बडी ए ३२० जहाज छन् । भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तरराष्ट्रिय उडान भर्दै आएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति फागुन २५ मा राष्ट्रपतिको निर्वाचन लाफा बी लेबल भलिबलको उपाधी न्यू होराईजनललाई, आयोजक दोस्रो राष्ट्रिय सहमतिको स्वप्निल राजनीति भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा अभियुक्त लक्ष्मी महतो कोइरीको बचाउमा उत्रियो एमाले र कोइरी समाज अमेरिकी उपविदेश मन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्दै बन्दीपुर क्षेत्रका होर्डिङबोर्ड हटाइँदै कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु