१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

काठमाडौँ। लोकदोहोरी गायक घमेश दुलालले एक दशकपछि नेपाली लोकदोहोरी क्षेत्रमा पुनरागमन गरेका छन् । चर्चित गीत ‘नारायणथानमा गेट’, ‘दमौलीमा गेट’, ‘घर हाम्रो रामेछाप’, ‘आमाको आशीर्वाद’, ‘अन्तिम चिट्ठी’ आदि गरी दर्जनौँ गीत गाएर स्रोता तथा दर्शकको मन जित्न सफल दुलालले झण्डै ११ वर्षपछि ‘वनमा खयर’ बोलको लोकदोहोरी गीतबाट पुनरागमन गरेका हुन् ।

सो गीतमा उनलाई युवा पुस्ताकी गायिका प्रविशा अधिकारीले साथ दिएका छन् । रचनाकार शिव हमालले यो गीतको शब्द रचना गर्नुभएको हो । गीतमा सङ्गीतकार तथा गायक प्रभावन जे को सङ्गीत रहेको छ । गीतको सङ्गीत संयोजन एरेन्जर कमल सौरागले गरेका हुन् ।

आगामी दिनमा नेपाली लोकदोहोरीलाई निरन्तरता दिने दुलालले बताए । गीतको भिडियोमा कलाकार बुद्धि तामाङ, सत्यकला बम्जन र पुरु सिग्देलको अभिनय रहेको छ । वरिष्ठ नृत्य निर्देशक कमल राईले गीतको भिडियो निर्देशन गरेका छन् भने छायाङ्कन हरिष मेहेरा, कलर तथा सम्पादन डिनशन शाहले गरेका छन् । गीत डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड