२४ माघ २०७९, मंगलवार

Feb 7, 2023

Advertisement

सोभियतकालीन नेता मिखाइल गोर्बाचेभले शनिबार रूसी राष्ट्रपति भ्लादिमीर पुटिन र नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आणविक हतियारमा कडा प्रतिबन्ध लगाउन आग्रह गरेका छन् । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वमा रहँदा साइबर आक्रमण अन्त्य गर्ने र विविध अन्य विषयहरूमा असहमति रहेपछि दुई देशबीचको सम्बन्धमा थप तनाव उत्पन्न भएको थियो ।

बाइडेनले सत्ता सम्हालेपछि दुई शक्तिहरूले एउटा सम्झौता विस्तार गरिसकेका छन् जसले दुबै पक्षलाई १५५० आणविक हतियारलाई सीमित गर्न मद्दत गरेको छ । यसलाई पुटिनले सकारात्मक विकासको रूपमा स्वागत गरेका छन् । गोर्बाचेभले इन्टरफ्याक्स समाचार संस्थासँगको कुराकानीमा भने, “एक महिना पहिले बाइडेनले अमेरिकी सत्ताको नेतृत्व गरेपछि फोनवार्ता गरेका दुई नेताले निकट भविष्यमा भेट गरी आणविक हतियारको नियन्त्रण विषयमा कुटनीतिक पहललाई जारी राख्नुपर्छ ।”

“मुख्य कुरा आणविक युद्धबाट जोगिनु हो । यस्तो समस्याबाट जोगिनु पर्ने भएकोले यसलाई एक्लै समाधान गर्न असम्भव छ, भेट्नु जरुरी छ,” सोभियतकालीन नेता गोर्भाचोभले भने । “निरस्त्रीकरण प्राप्त गर्ने र सुरक्षालाई सुदृढ पार्ने दृढ इच्छा भएमा धेरै समाधान भेट्न सकिन्छ ।”

यस वर्षको शुरूमा ८९–वर्षीय गोर्भाचोबले दुबै पक्षलाई सम्बन्ध सुधार गर्न आग्रह गर्दै रूस र अमेरिकाबीचको अहिलेको अवस्था ‘ठूलो चिन्ताको विषय भएको बताएका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

चिकित्सक संघको अध्यक्षमा डा. अनिलबिक्रम कार्की निर्वाचित लुम्बिनीमा मोरारी वापूको कथा वाचन विवाद साम्य, चार बुँदे सहमतीसँगै वाचन शुरु अभिनेत्री निता ढुंगानाले सार्वजनिक गरिन् आफ्नो चलचित्रमा काम गर्ने भारतीय कलाकारको यस्ता तस्बिर बुटवल उपमहानगरस्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि संयोजक र उप-समितिहरु गठन पूर्वसांसद कर्मा घलेको निधन ज्ञानगँगामा १६ वर्ष मुनिका अन्तर विद्यालय छात्र ब्याटमिन्टन मृत्युको आयु ! मणिमुकुन्द रनिङशिल्ड भलिबल : उद्घाटन खेलमा पर्वत र नवलपुर विजयी गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू भारतलाई हराउँदै नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा चुणामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश शेरबहादुर देउवालाई विपक्षी दलको सुविधा नदिन माग गर्दै सर्वाेच्चमा रिट सेयर बजार ७६.६४ अंकले बढ्याे बिदा घटाउने तयारीमा सरकार तिलोत्तमा २ स्थित शंकरनगर दुर्गादत्त माविमा विज्ञान प्रदर्शनी टर्की भूकम्पमा परेका घानाका खेलाडी सम्पर्क‍विहीन मुखमा सर्प हालेर ‘स्टन्डवाजी’ गर्ने साँप उद्धारकर्मीको मृत्यु नाबालिका बलात्कार आरोपमा वडाध्यक्ष राजन श्रेष्ठ पुर्पक्षको लागि कारागार चलान टर्की भूकम्प : ३६ घन्टामा १०९ पराकम्प, तीनवटा ७.५ म्याग्निच्युडका काठमाडौंका मुख्य सडकमा बत्ती जडान गर्न महानगर र प्राधिकरणबीच सम्झौता