१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

काठमाडौँ ।वाग्मती सफाइ महाअभियानको ४०७ औँ हप्तामा सुविधानगर तीनकुनेस्थित नदीको पूर्वी किनारमा सफाइ गरिएको छ । सफाइबाट पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिए । सफाइमा प्रमुख सफाइ अभियानकर्मी एवं पूर्वमुख्य सचिव लीलामणि पौड्याल, नेपाली सेना चण्डीदल गण सिंहदरबार, एस ट्राभल्स, मदन भण्डारी स्मृति वाटिका संरक्षण समिति कोटेश्वर, सामुदायिक विकास समिति सुविधानगर, बानेश्वर फोहर व्यवस्थापन सेवा प्रालि, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका प्राध्यापक एवं विद्यार्थी, तीनकुनेका स्थानीयवासी, काठमाडौँ फोहर व्यवस्थापन विभाग टेकु एवं वाग्मती अभियानकर्मीको सक्रियता थियो ।

यसैगरी वाग्मतीको गुह्येश्वरीमाथिको भाग, तिलगङ्गा खण्ड, रुद्रमती, विष्णुमती, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथको उत्तर र पश्चिमी भागलगायत स्थानमा आज सफाइ अभियानलाई निरन्तरता दिइएको छ । पर्यटकीयस्थल कर्णाली प्रदेशको बुलबुले क्षेत्रमा सफाइ शुरु भएको छ । वाग्मती सफाइ अभियानकर्मी चक्रबहाजर चन्दको नेतृत्वमा भएको सफाइ अभियानकर्मी डा लक्ष्मी पौडेललगायत स्थानीय अभियानकर्मीको सक्रियता थियो ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदीमा पनि सफाइ अभियान शुरु भएको हो । उपत्यका बाहिर पनि मुख्य शहर नदी गरी हाल देशभर १०७ भन्दा बढी स्थानमा सफाइ भइरहेको छ । वाग्मती सफाइ महाअभियान जाडो, गर्मी, झरी, चाडपर्व, भूकम्प, कोरोना महामारीलगायत प्रतिकूल अवस्थामा पनि प्रत्येक हप्ता शनिबार निरन्तर हुँदै आएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

पठानले राखेका यी १० रेकर्ड सरकारमा बसेकाहरूप्रति चरम निराशा हुँदा आत्मदाहको घटना : नैनसिंह महर बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, ४ सय घरमा क्षति माया खोला हाइड्रोपावरकाे आईपीओ खुला श्रीधर र शान्तिको ‘कपालै कोरीमा’ सार्वजनिक एकैदिन तोलामा ११ सयले घट्यो सुनको मूल्य तिलोत्तमामा वासेबल प्याड बनाउने तालिम गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सुरु, आज नै निर्णय आउने सम्भावना सिरहामा वन कर्मचारीकै मिलोमतोमा काठ तस्करी लोकदोहोरी गायक भीम पौडेलको निधन जापानी मेयरलाई चिन्डो उपहार ग्याङ्स अफ वासेपुरलाई किन बिर्सन चाहन्छन् अनुराग अनेरास्ववियूले जलायो शिक्षामन्त्रीको पुत्ला आजकाे हरियो तरकारी र फलफूलको मूल्य राष्ट्रपति चयनमा पनि कांग्रेस पराजित हुन्छ: एमाले प्रचार विभाग उपप्रमुख रिजाल मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु राष्ट्रिय सभाको बैठक बस्दै हट्यो होटल र रेस्टुरेन्टको सेवा शुल्क प्रेम अचार्यलाई श्रद्धाञ्जली दिँदै तोसिमाले भनिन् : मृत्युमाथि राजनीति नगरौं दाङको टरिगाउँ विमास्थलमा सिता एयरले आज परीक्षण उडान गर्दै