ताजा अपडेट »

नेपाल नियमित रक्तदाता संघद्वारा ११५ युनिट रगत संकलन

आइतबार, १६ फागुन २०७७, १२ : ०३
4 Shares

बुटवल । नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले १ सय १५ युनिट रगत सकलङ गरि रक्तसञ्चार केन्द्र बुटवललाई प्रदान गरेकोे छ । संघले हरेक महिनाको तेस्रो शनिवार आयोजन गर्ने नियमित रक्तदान कार्यक्रम अन्तर्गत फागुन महिनाको शनिवारको कार्यक्रमबाट उक्त रगत संकलन गरेको हो ।

लुम्बिनी प्रदेशका सभामुख पुर्ण बहादुर घर्तीले नियमित रक्तदाता संघलाई आवश्यक रहेको सामाग्री सहयोग गर्ने बताएका छन् । सामाजिक काम गर्ने संस्थालाई आर्थिक अभाव रहेको छ । संस्थाको कार्यालय एउटा झोलामा सिमित रहेको छ । कार्यालय स्थापना गर्न आर्थिक अभाव रहेको सस्थाका अध्यक्ष दयाबहादुर सिलवाल बताए ।

कार्यक्रममा संघका प्रमुख सल्लाहकार विमल बहादुर शाक्य, सल्लाहकार सुरेन्द्र कुमार शाक्य लगायतले समाजमा संघले अनुकरणीय कार्य गर्दै आइरहेकाले सबैको सहयोग जरुरी रहेको औल्याए । रक्तदानकार्यक्रम संयोजक मन्जु गिरीको स्वागत र सचिव महेश खनालको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।