ताजा अपडेट »

खस्यौली युथद्वारा अपाङ्गता स्वरोजगार उद्यमशीलता

आइतबार, १६ फागुन २०७७, ११ : ३४
14 Shares
आइतबार, १६ फागुन २०७७
14 Shares

बुटवल । लियो क्लब अफ बुटवल खस्यौली युथले अपाङ्गता स्वरोजगार उद्यमशीलता प्रोजेक्ट शुरु गरेको छ । आफू भन्दा कम भाग्यशालीहरूलाई उद्यमशील बनाएर आर्थिक उपार्जन होस् भन्ने उद्धेश्यले प्रोजेक्ट शुरु गरेको क्लबले शनिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

पहिलो चरणमा अर्घाखाचीको भूमिकास्थान ६ खिल्जी निवासी अपाङ्गता भएका मीन बहादुर घर्तिलाइ उद्यमशील बनाउन २ वटा कुटानी पिसानी गर्ने मेसिन प्रदानका साथै आर्थिक सहयोग गरिने प्रोजेक्टका सह संयोजक तथा क्लबका सह कोषाध्यक्ष केशव खनालले जानकारी दिए । कम्मरभन्दा तलको भाग नचल्ने घर्तिले आफ्ना दैनिक काम काज,कृषिकर्म लगायतका काम सहजै गर्ने गरेको र उनलाई उद्यमी बनाउनको लागि क्लबले सहयोग गरेको जानकारी दिए ।

फागुन २९ गते कार्यक्रमको शुभारम्भ गरिने क्लवले जनाएको छ। प्याकेजिङ गरिएका सामाग्रीहरूको बजारीकरणमा समेत क्लबले काम गर्नेछ । देशबिदेशबाट दाताहरुको सहयोगमा ४ लाख ५० हजारको लागत रकममा प्रोजेक्ट शुभारम्भ गर्न लागेको क्लबका निवर्तमान अध्यक्ष राजिवजंग सिंह कुवरले बताए । घर्तिलाई सहयोग गर्नपूर्व घर्तीको सहमति,स्थानीयपालीका तथा अगुवाहरुसंग छलफल गरिएको घर्तीको घर अर्घाखांची पुगेका क्लवका अध्यक्ष सुमित सापकोटा जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै स्पोन्सर क्लव लायन्स क्लब अफ बुटवल खस्यौलीका अध्यक्ष राजु पौडेलले क्लबका अन्य शाखाले पनि सहयोग गर्दै आएको बताउदै अपांगता भएका ब्यक्तिलाई आत्मनिर्भर बनाउनको लागि उद्यमशीलता तथा स्वरोजगारी कार्यक्रम चलाइएको बताए । कार्यक्रममा क्लवका सल्लाहकार ज्ञानु पुन, क्लबका कार्यवाहक अध्यक्ष एवं प्रथम उपाध्यक्ष रोशन रायमाझी, क्लव सचिव दीपक खरेल, पिआरओ कल्पना डुम्रे ज्ञवाली,पत्रकार कपिल ज्ञवाली लगायतले बोल्दै क्लवको चलाएको अपाङ्गता स्वरोजगार उद्यमशीलता प्रोजेक्टको सफलता र सहकार्यमा प्रतिबद्धता जनाएका थिए ।लियो क्लब अफ बुटवल खस्यौलीले बिभिन्न सामाजिक क्षेत्रमा कामहरू गर्दै आइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।