१७ माघ २०७९, मंगलवार

Jan 31, 2023

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका नवनियुक्त मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका पक्षमा अहिले पनि सयभन्दा बढी प्रतिनिधिसभा सदस्य रहेको जिकिर गरेका छन् ।रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा भट्टराईले प्रधानमन्त्री ओली अल्पमतमा नरहेको र आवश्यक पर्दा बहुमतसिद्ध गरेर देखाइदिन सकिने बताउँदै प्रधानमन्त्रीलाई बीचैमा हटाउन खोजिएपछि मध्यावधि निर्वाचनको घोषणा भएकामा सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापनाको फैसलासँगै संसदीय प्रक्रिया अघि बढ्ने स्पष्ट गरे ।

प्रतिनिधिसभाको बैठक यही फागुन २३ गते बस्नेछ । संसद्मा अविश्वासको प्रस्ताव पेश भएमा र पार्टीको ह्विपविरुद्ध कुनै सदस्य लागेमा विधानबमोजिम कारबाही गरिने उनको उद्घोष थियो ।नेता भट्टराईले प्रधानमन्त्रीविरुद्ध नेकपाको सचिवालयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट प्रस्तुत आरोपत्र फिर्ता, प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई कार्यकाल पूरा गर्न दिने सहमति भएमा नेकपाको एकता कायम रहने पनि बताए । उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संस्थागत रुपमा प्रधानमन्त्रीको राजीनामा नमागेको पनि स्मरण गराए । प्रधानमन्त्री एवं संसदीय दलका नेता ओलीले शुक्रबार मुख्य सचेतक देवप्रसाद गुरुङलाई हटाएर भट्टराईलाई नियुक्त गरेका थिए।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति फागुन २५ मा राष्ट्रपतिको निर्वाचन लाफा बी लेबल भलिबलको उपाधी न्यू होराईजनललाई, आयोजक दोस्रो राष्ट्रिय सहमतिको स्वप्निल राजनीति भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा अभियुक्त लक्ष्मी महतो कोइरीको बचाउमा उत्रियो एमाले र कोइरी समाज अमेरिकी उपविदेश मन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्दै बन्दीपुर क्षेत्रका होर्डिङबोर्ड हटाइँदै कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु