ताजा अपडेट »

उखुखेती गर्ने किसानलाई आधुनिक यन्त्र वितरण

आइतबार, १६ फागुन २०७७, १० : ४०
6 Shares

कञ्चनपुर। लालझाडी गाउँपालिकाका व्यावसायिकरूपमा उखुखेती गर्ने किसानलाई आधुनिक कृषियन्त्र तथा उपकरण अनुदानमा वितरण गरिएको छ ।सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रमअन्र्तगत सञ्चालित मुख्यमन्त्री नमूना कृषिगाउँमा आवद्ध किसानलाई कृषियन्त्र तथा उपकरण अनुदानमा वितरण गरिएको हो ।

कृषिमा लाग्ने श्रमको लागत घटाएर उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले किसानलाई कृषियन्त्र र उपकरण अनुदानमा वितरण गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख डा दिलबहादुर विष्टले बताए । उनका अनुसार किसानलाई पावर टिलर, मिनी टिलर, रेजर, रोटाभेटर, सिँचाइका लागि पम्पसेटलगायत उपलब्ध गराइएको छ । यसका अतिरिक्त बीउबिजन, विषादी, रासायनिक मलसमेत किसानलाई उपलब्ध गराइएको छ ।

रासस
लेखकको बारेमा
रासस