ताजा अपडेट »

खानेपानी निर्माण समिति बुद्धनगरद्वारा खर्च सार्वजनिक

आइतबार, १६ फागुन २०७७, १० : २०
6 Shares

बुटवल । बुटवल-११ बुद्धनगर, नहरपुरमा अवस्थित खानेपानी निर्माण तथा उपभोक्ता समितिले खर्च सार्वजनिक गरेको छ । समितिले २० लाख ६४ हजार ७७० रुपैयाँ बराबरको आर्थिक प्रतिवेशन प्रस्तुत गरेको हो ।

खर्च सार्वजनिकका अवसरमा बोल्दै बुटवल-११ का वडा सदस्य नहकुल शाहीले बुद्धनगरबासीका लागि आगामी ५० वर्षसम्म खानेपानीको समस्या नहुने दाबी गरे । बुद्धनगर क्षेत्रमा स्थानीय तथा स्थानीय सरकारको पहलमा निर्माण भएका पानी ट्याङ्की तथा बोरिङ्गबाट खाने पानी समस्या समाधान भएको बताए । कार्यक्रममा बोल्दै संस्थाका पूर्व अध्यक्ष डि.बी. रसाइलीले खानेपाी संस्थाले गरिब तथा विपन्न परवारलाई पनि मध्यनजर गरी सेवा प्रदान गर्न सुझाब प्रस्तुत गरे । खाने पानीका लागि धारा जोड्नै नसक्ने तथा मासिक शुल्क समेत तिर्न नसक्ने परिवारहरुलाई पनि संस्थाले विशेष सहुलीयत गरी सबै जनताको आवश्यकता पूरा गर्ने गरी काम गर्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै संस्थाका सल्लाहकार बलाराम न्यौपाने, टोल विकास संस्थाका अध्यक्षहरु रमा ज्ञवाली, उमा जिसी, गोमा पराजुली लगायतले सुझाबसहितको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा कोषाध्यक्ष विष्णु क्षेत्रीले वार्षिक रुपमा भएका आर्थिक प्रतिवेदन प्रस्तुगर्दै सो बारेमा उठेका जिज्ञासाको जवाफ दिएका थिए । सचिव अर्जुन जिसीको सञ्चालनमा भएको कार्यक्रममा अध्यक्ष आशिस सूर्यवंशीले संस्थालाई अगाडि लैजानका लागि आवश्यक सुझाब सल्ला प्रदान गर्न उपभोक्ताहरुलाई आग्रह गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।