ताजा अपडेट »

तिलोत्तमामा आजदेखि सुनिल ढुंगाना स्मृतिकप क्रिकेट प्रतियोगिता

आइतबार, १६ फागुन २०७७, ०९ : २९
12 Shares

तिलोत्तमा । सर्वोत्तम सिमेन्ट सुनिल ढुंगाना स्मृति कप टि–१० नक आउट क्रिकेट प्रतियोगिताको पहिलो संस्करण आजदेखि शुरु हुने भएको छ । यस अघि फागुन ८ गतेका लागि तय भएको प्रतियोगिता प्राविधिक कारणले फागुन १६ (आज) का लागि सरेको थियो ।

प्रतियोगिता शंकरनगरको चपरभट्टी स्थित सिद्धार्थ युवा क्लबको खेल मैदानमा बिहान ११ बजेदेखि संचालन हुन लागेको हो । तिलोत्तमा क्रिकेट बिकास समितिको आयोजनामा हुने सो प्रतियोगिताको रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्लले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । तिलोत्तमा क्रिकेट बिकास समितिका संस्थापक अध्यक्ष सुनिल ढुङ्गानाको नाममा अक्षयकोष स्थापनार्थ आयोजना संचालन हुन लागेका प्रतियोगिताको उद्घाटन खेलमा तिलोत्तमा क्रिकेट एकेडेमी र संजीवनी शिक्षा सदन भिड्ने छन् ।

प्रतियोगितामा बिभिन्न ८ टिमको सहभागिता रहेको खेल संयोजक कमल श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा विजेता टिमले एकलाख नगद पुरस्कार राशीसहित कप, मेडल र प्रमाणपत्र पाप्त गर्ने छ । उप विजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छ । यसैगरी विधागततर्फ म्यान अफ दि सिरिजले १० हजार, बेस्ट ब्याट्सम्यान, वेष्ट बलर तथा उदयमान खेलाडीले नगद ५÷५ हजार पुरस्कार राशी प्राप्त गर्ने छन् । हरेक खेलका म्यान अफ दि म्याचले हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

स्वर्गीय ढुङ्गानाको नाममा स्थापना हुने अक्षकोषको रकमबाट तिलोत्तमा नगर भित्रका विद्यालय स्तरका २ जना छात्र र एक छात्रा खेलाडीलाई छात्रवृत्ति प्रदान गरिने तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष दिपक शर्मा भुर्तेलले जानकारी दिए ।

https://www.globalaawaj.com/archives/77729
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।