१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

काठमाडौँ । अध्यागमन विभागले कुनै पनि देशमा भिजिट भिसामा जानका लागि सम्बन्धित देशको भिसा, दुईतर्फी हवाई टिकट, भिजिट भिसामा जान लागेको देशमा कति दिन बस्ने हो त्यसअनुसारको होटल बुकिङ र एक हजार अमेरिकी डलर देखाउनुपर्ने व्यवस्था गरेको छ । 

Advertisement

तर, यी कागजपत्र मात्र लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सहजै विदेश यात्रा गर्न भने पाइँदैन । सबै कागजात भएर पनि विमानस्थलका कर्मचारीलाई ‘प्रसन्न’ बनाउने कार्य गरिएन भने नेपाली नागरिकले अध्यागमन परिसर पार गर्न पाउँदैन ।

विमानस्थलका कर्मचारीलाई ‘प्रसन्न’ बनाउन कसरी सकिन्छ त ? यसका लागि बाहिर ‘सेटिङ’को व्यक्तिलाई औसत १ लाख रुपियाँ भेटी चढाउनुपर्छ, उसले माथि उल्लेख भएभन्दा अतिरिक्त अर्को पत्र बनाइदिन्छ । त्यो देखाएपछि भने नेपाली नागरिकको यात्रा अगाडि बढ्छ । त्यस ‘अर्को पत्र’का लागि यात्रुले १ लाख ५० हजार रुपियाँसम्म तिर्नुपरेको पीडितहरु बताउँछन्।

विमानस्थलमा हुने यस प्रकारको सेटिङलाई बन्द गरी भिजिट भिसामा सहजै यात्रा गर्न सकिने नयाँ नियम आउन लागे पनि नियम नआउँदासम्म भने विना सेटिङ विमानस्थलबाट यात्रुले यात्रा गर्नसक्ने अवस्था छैन । अध्यागमन विभाग प्रमुख रमेशकुमार केसीले ‘अब नयाँ नियम आएपछि भिजिट भिसामा यात्रा गर्न सहज हुनेछ’ भन्छन्। यो समाचार आजको नेपाल समाचार पत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड