ताजा अपडेट »

लुम्बिनी फोटोग्राफर संघद्वारा कार्ययोजना निर्माण तथा अवलोकन भ्रमण

शनिबार, १५ फागुन २०७७, २२ : २७
8 Shares

बुटवल । लुम्बिनी फोटोग्राफर संघ,बुटवल रुपन्देहीको १० औं वार्षिकोत्सव एवम् पाँचौ अधिवेशनपछि निर्वाचित कार्यसमितिले आर्थिक वर्ष २०७७/२०७८ का लागि कार्ययोजना निर्माण तथा अर्घाखाँचीसम्मको अवलोकन भ्रमण शनिवार सम्पन्न गरेको छ । संघको कार्यसमितिमा रहेका सबै सदस्यहरुको सार्थक सहभागितामा उक्त कार्ययोजना निर्माण गरिएको हो । सहभागीहरुका बीच शुक्रवार र शनिवार गरी दुई दिनसम्म घनिभूत अन्तक्र्रियात्मक छलफल गरी सो कार्ययोजना तयार पारिएको हो । संघका प्रेस सल्लाहकार दलबहादुर गुरुङले चारवटा शीर्षकमा रहेर कार्ययोजना बनाउन सहजीकरण गरेका थिए ।


संघको विकास,उन्नति र प्रगतिका साथै सबैका बीच परिचित गराउनका निम्ति संस्थागत विकास कार्यक्रम,संस्थालाई दिगो रुपमा सञ्चालन र आर्थिक उपार्जन गराउने खालका कार्यक्रम,संस्थाले सञ्चालन गर्ने स्वयमसेवी एवम् सामाजिक कार्यक्रम र संस्थामा क्रियाशील सञ्चालक समितिका लागि वृत्ति विकासका कार्यक्रमहरु आवश्यक रहने विषयमा प्रेस सल्लाहकार गुरुङले सहजीकरण गरेका थिए ।
चार वटा समूहका टोली नेताहरु रामप्रसाद भण्डारी,गोमा ज्ञवाली,गीता पंगेनी र रबिलाल पौडेलले आफ्ना समूहले छलफल गरी तयार पारेका योजना तथा कार्यक्रमहरु प्रस्तुती गरेका थिए । उक्त चारवटा समूहबाट आएका २० वटा योजनालाई प्राथमिकता,आवश्यकता,ुसाधन स्रोतको व्यवस्थापनको आधारमा काँटछाँट गरी १२ वटा योजनालाईमात्र कार्ययोजनामा परिणत गरिएको संघका महासचिव माधव पन्थले बताए ।
उक्त १२ वटा योजनालाई सञ्चालन गर्नका निम्ति गोमा ज्ञवाली,कमल अर्याल,शोभाखर पन्थ,कमला घर्तिमगर,त्रिभुवन पाण्डेय,रेशम भण्डारी,ज्योतिलाल भट्टराई,कर्णबहादुर तिवारी,रविलाल पौडेल,मनोज क्षेत्री,काशिराम पोखरेल र त्रिभुवन पाण्डेय एवम् कमला घर्तिमगरलाई संयोजकका रुपमा स्वस्फूर्त रुपमा जिम्मेवारी तोकिएको संस्थाका अध्यक्ष मनीष पन्थले बताए ।

संस्था स्थापना भएको १४ वर्ष भएता पनि यति व्यवस्थित रुपमा कार्ययोजना तयार भएको पहिलो भएको अनुभव सुनाउँदै निवर्तमान अध्यक्ष महेन्द्रप्रसाद उपाध्यायले संस्थालाई चुस्तदुरुस्त र गतिशील बनाउनका निम्ति वार्षिक कार्ययोजना आवश्यक हुने बताए । आफूले आफ्नो कार्यकालमा उदाहरणीय कार्यक्रमहरु सम्पन्न गरेता पनि योजनावद्ध रुपमा कार्ययोजना तयार गरी अघि बढन् नसक्दा सोचे जति कार्यक्रम सम्पन्न गर्न कठिन भएको बताए ।

संघका सल्लाहकार माधव पन्थले कार्ययोजनालाई कार्यान्वयन गर्नका लागि सबैको ऐक्यवद्धता आवश्यक रहेको बताउँदै वर्तमान कार्यसमितिको उत्साहजनक उपस्थिति र व्यवस्थित कार्ययोजना निर्माणको समेत प्रशंसा गरे । उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दिनेश अर्यालले कार्ययोजनालाई कार्यान्वयन गर्नुपर्ने चुनौती आफूहरुसँग रहेको बताउँदै चुनौतीलाई सामना गरी अघि बढ्न आफ्नो कार्यसमिति सक्षम रहेको बताए ।

संस्थाका अध्यक्ष मनीष पन्थले कार्यसमितिले निर्माण गरेको कार्ययोजना कागजी योजना नभई कार्यान्वयनका निम्ति बनाइएको ठोस योजना रहेको र त्यसका लागि कार्यसमिति निरन्तर सक्रिय रुपमा लाग्ने बताए । संस्थाले सफलता हासिल गर्ने बताउँदै बनाईको कार्ययोजनालाई तोकिएको समयमा सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष रामप्रसाद भण्डारी,कोषाध्यक्ष रामचन्द्र बेलबासे लगायतले कार्ययोजनाले आफ्नो संस्थालाई दिशानिर्देश गर्ने विचार प्रकट गरेका थिए । महासचिव माधव पन्थको सञ्चालन र अध्यक्ष मनीष पन्थको अध्यक्षतामा सम्पन्न कार्यक्रम भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।